• २०८१ बैशाख १४ शुक्रबार

मलेसियाले नेपाललाई दियो १२२ रनको लक्ष्य, दिपेन्द्रले लिए ५ विकेट 

kharibot

काठमाडौं । अन्डर १९ एसियाकप क्रिकेटको छनौट प्रतियोगिताको सेमिफाइनलमा नेपाललाई मलेसियाले १२२ रनको लक्ष्य पाएको छ । मलेसियाले ४२ ओभरमा पुरै विकेट गुमाउदै केबल १२१ रन बनाएको थियो ।

मलेसियामा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको खेलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिएपछि मलेसिया कम रनमा समेटिएको हो । दिपेन्द्रले ८ ओभरमा एक मेडेनसहित २९ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै पवन सराफले २, सन्दीप लामिछाने, रोहित पौडेल र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

मलेसियाका ब्याट्सम्यानले सुरुमा राम्रो ब्याटिंग गरे पनि दिपेन्द्रको बलिङका अगाडी धारासायी भएका थिए । मलेसियाका ब्याट्सम्यान विरेनदिप र नलिनले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । मलेसी का लागि नलिन डी सिल्भाले सर्वाधिक ३९ रन बनाएका थिए भने विरनदिपले २५ रन बनाएका थिए ।   

नेपालले केहीबेरमा ब्याटिंग सुरु गर्दै छ । 

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुने भएकाले मलेसियासँगको खेल जिते नेपाल एसिया कपमा छनौट हुनेछ ।

नेपालले समू चरणका सबै तीनवटा खेल जित्दै सेमिफाइनल पुगेको हो । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै