गत सेप्टेम्बर १२ मा एप्पलक सिईओ टिम कुकले आइफोन १० को लन्च गर्दै पहिलो आइफोन लन्च पछिको अहिलेसम्मको सबै भन्दा ठुलो फड्को मारेको बताए ।
सबैको अनुमान विपरित एप्पलले आइफोन निर्माणको दशौ बर्षमा आइफोन १० लन्च गर्यो । क्यालिफोर्निया स्थित एप्पलको नवनिर्मित एप्पल क्याम्पसमा निर्मित स्टिभ जबस थिएटरमा एप्पलले विशेष रुपमा आइफोन लन्च गर्यो ।
एप्पलले अहिलेसम्म कै महँगो आइफोन लन्च गर्यो र प्राविधिक रुपमा पनि आइफोनको कुरा गर्दा अहिलेसम्म कै उत्कृष्ट फोन भएको कुरालाई नकार्न सकिन्न ।
तर विश्व मोबाइल उद्योगमा एप्पलले दाबी गरे जस्तै नभई आइफोन १० का धेरै जसो फिचर अन्य मोबाइलमा यस अघिनै उपलब्ध भने छन् । के कुरा सत्य हो भने यस फोनमा प्रयोग भएका फिचर यस अघिका आइफोनमा प्रयोग भएको थिएन । यस अर्थमा यो आइफोनलाई आइफोनको इतिहासमा एउटा क्रान्ति मान्न सकिन्छ । केहि फिचरको कुरा गरौ जो यस अघि अन्य कम्पनिले बजारमा ल्याईसकेका छन् ।
ओएलइडी स्क्रिन :
आइफोन १० को नयाँ लुकमा सबै भन्दा ठुलो बदलाव होम बटन नहुनु हो । यसको सट्टा एण्ड टु एण्ड ओएलईडी स्क्रिन ल्याएको छ । तर यो प्रविधि यसअघि सामसंगले ल्याइसकेको थियो सामसङले ग्यालेक्सी ८ र ह्यालेक्सी नोट ८ मा यसको प्रयोग गरेको थियो ।
यो प्रविधि अत्यन्त महँगो मानिन्छ र खासगरी टिभी स्क्रिनमा लामो समय देखि प्रयोग गरिदै आएको प्रविधि हो । यो डायोड प्रविधिमा आधारित छ, जुन अतिरिक्त स्रोत विना नै विजुली अन हुनासाथ लाइट बढ्दै जान्छ ।
यस प्रविधिको विकास सन् १९७० को दशक बाट सुरु भएको थियो । जबकी यो प्रविधि गएको दशकमा टेलिभिजन उद्योगमा बढी प्रयोग भएको देखियो । अहिले एलजी, गुगल जस्ता मोबाइल कम्पनिहरुले पनि यो प्रविधि प्रयोग गरिरहेका छन् ।
फेस आइडी :
एप्पलको नयाँ आइफोनमा अर्को ठुलो प्रयोग फेस आइडी अनलक रहेको छ । यो प्रणाली प्रयोगकर्ताको अनुहार चिनेर फोन खुल्ने प्रविधि हो । आइफोनले फिंगर प्रिन्टलाई रिप्लेस गर्दै यो प्रविधि आइफोन १० मा राखेको छ । तर यो कुनै नयाँ प्रविधि भने होइन ।
सामसङले यसअघि नै यो प्रविधि प्रयोग गरेर फोन निर्माण गरिसकेको छ । यद्यपी सो फोन ब्याट्रीको कारणले बजारबाट फिर्ता लैजानु परेको थियो । ग्यालेक्सी नोट ७ मा यस फिचरको प्रयोग गरिएको थियो । यस प्रविधिलाई दोबारा सामसंगले ग्यालेक्सी ८ मा प्रयोग गरेको छ, जुन गएको मार्चमा सर्वजनिक भैसकेको छ । त्यस्तै एलजीले पनि फेस आइडीको फिचर राखेको छ ।
इमोजी एनिमेशन :
एप्पलले दुनियाँमा एनिमेटेड इमोजीको लोकप्रियतालाई ध्यानमा राख्दै यस फोनमा यसको प्रयोग गर्दै यसलाई एनिमोजीको नाम दिएको छ । एनिमोजी थ्रीडी प्रविधिमा आधिरित रहेको छ । जसले चेहेराको हाउभाउलाई फोनको अगाडीको क्यामराले रेकर्ड गर्ने गर्दछ । एप्पलले यस्ता ५० किसिमका हाउभाउ रिकर्ड गर्ने सकिने बताएको छ भने यसबाट १२ किसिमका इमोजी बनाउन सकिन्छ ।
तर एनिमेटेड इमोजी एप्पलले आविष्कार गरेको कुरा भने होइन । बजारमा पहिला देखि नै यस्ता एप्लिकेशनहरु उपलब्ध रहेका छन् । जो चेहेराको हाउभाउको आधारमा इमोजी बनाउन सकिन्छ । एप्स स्टोरहरूमा यस्ता नि:शुल्क एप्स प्रशस्तै पाइन्छन ।
वायरलेस चार्जिंग :
आइफोन १० मा एउटा अर्को नयाँ फिचर रहेको छ । त्यो हो वयरलेस चार्जिंग एप्पलले आइफोन १० भविष्यलाई हेरेर डिजाइन गरिएको पहिलो फोन भएको बताउदै यसलाई चार्ज गर्न केबलमा कनेक्ट गर्न जरुरी नभएको बताएको छ । एप्पलले यस फोनलाई स्टेशनहरुमा चार्ज गर्न सकिने बताएको छ । कम्पनीका अनुसार यसलाई एयर पवर बेसको मध्यमबाट चार्ज गर्न सकिन्छ ।
एप्पलले यतो दाबि गरेपनि सामसङले यो प्रविधि आफ्नो टर्मिनलमा यस अघि नै सुरु गरिसकेको छ । सामसङको नोट सिरिजमा यस्तो चार्जिंग प्रविधि उपलब्ध रहेको छ । यसका अलावा एलजी, लेनोभो, ब्ल्याक बेरी र विन्डोज फोनका कैयौ मोडलमा यस्तो प्रविधि रहेको छ ।
बजार :
एप्पललाई टक्कर दिने धेरै जसो कम्पनि पछिल्लो समयमा एशियामा देखिएका छन् । सामसंग र एलजीका अलावा अन्य कैयौ यस्ता कम्पनि छन्, जसले एप्पलले जस्तो फिचर राखेर निकै कम मुल्यमा उपभोक्तालाई मोबाइल उपलब्ध गराइरहेका छन् ।
अझ चिनियाँ कम्पनीहर को कुरा गर्ने हो भने त झन् ठुलो क्रान्तिनै ल्याएका छन् । सन् २०१६ मा शाओमीले सुरु गरेको स्मार्ट फोनको मुल्य आइफोनको भन्दा आधा रहेको छ । त्यस्तै जेटटिईले ल्याएको फोन पनि आइफोन भन्दा निकै सस्तो रहेको छ ।