• २०८१ बैशाख ७ शुक्रबार

मह जोडीले गरे फिल्म बनाउने घोषणा, पल र आंचलको जोडी मुख्य भूमिकामा  

kharibot

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा

काठमाडौँ । चर्चित हास्य कलाकार जोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी)ले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । शुक्रबार घोषणा गरिएको फिल्मको नाम 'शत्रु गते'  राखिएको छ । 

यसअघि 'जात्रा' को निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले फिल्मको निर्देशन गर्ने भएका छन् । 

फिल्ममा मह जोडीका अलवा शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म 'जोनी जेन्टलम्यान'का नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् । यसअघि पल र आँचलले 'नाई नभन्नू ल ४' मा पनि एकसाथ काम गरेका थिए । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ । 

काठमाडौं र तराईका विभिन्न ठाउँहरुमा खिचिने फिल्मको छायांकन छठ पर्वपछि सुरु हुने निर्देशक भट्टराईले जानकारी दिएका छन् ।

मह संचारको प्रस्तुतीमा ‘शत्रुगते’ निर्माण हुन लागेको फिल्मको निर्मातामा किरण केसी, नरेन्द्र कंसाकर, दीपकराज र दीपाश्री समेत सहभागी रहेको बताइएको छ । फिल्म आगामी चैत ४ गते रिलिज हुनेछ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै