• २०८१ बैशाख ८ शनिबार

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, २० प्रतिशत बोनस सेयर दिने 

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रसाद अग्रवाल तुलसीराम अग्रवाल र रामचन्द्र संघई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक राजेन्द्रप्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा निर्वाचित गरेको छ । 

यस अघि बैंकको ३२०औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो । 

साथै साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।

बैंकले हाल करिब ५ लाख ७० हजारभन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै