एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, २० प्रतिशत बोनस सेयर दिने 

खरीबोट
ad

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रसाद अग्रवाल तुलसीराम अग्रवाल र रामचन्द्र संघई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक राजेन्द्रप्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा निर्वाचित गरेको छ । 

यस अघि बैंकको ३२०औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो । 

साथै साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।

बैंकले हाल करिब ५ लाख ७० हजारभन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा ‘एक कर्मचारी, एक फलफुल विरुवा’ नाराका साथ वृक्षारोपण

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले विश्ववातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुलविरुवा” भन्ने नाराका साथएवं आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत धापासीस्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा

एनआईसी एशिया बैंकको नयाँ शाखा पर्साको लंगडिमा

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा पर्साको धोबिनी गाँउपालिका-४  लंगडिमा संचालन गरेको छ । लंगडि शाखाको एक समारोहका बिच धोबिनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीले उद्घाटन गरेका छन् । बैंकले

एनआईसी एशिया बैंकको नयाँ शाखा रौतहटको बंकुल बजारमा

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा रौतहटको  बौधीमाई नगरपालिका वडा-६, बंकुलबजार, रौतहटमा १४३औं शाखाको रुपमा स्थापना गरेको छ । बंकुलबजार शाखाको एक समारोहका बिच बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन

एनआईसी एशिया बैंक र क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौँ । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका  निर्बाह गर्दै आएको एन आई सी एशिया बंैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त