• २०८१ बैशाख ८ शनिबार

चीनले बनायो एकैसाथ चार क्षेप्यास्त्रले आक्रमण गर्नसक्ने मानवरहित हेलिकप्टर

kharibot

द एभी५००डब्ल्यू हेलिकोप्टर । तस्बिर : चाइना डेली

चीन । चीनले व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित मानवरहित सैन्य हेलिकोप्टर निर्माण गरेको छ । चीनको टिआनजिनमा आयोजित चौँथो चाइना हेलिकप्टर एक्स्पोमा द एभी५००डब्ल्यू हेलिकोप्टरको अनावरण गरिएको हो । चीनको एभिएसन इन्डस्ट्री कर्पले यसको निर्माण गरेको जनाइएकामे छ । 

यो हेलिकोप्टर ७.२ मिटर लामो रहेको छ । जिआन्सी प्रान्तस्थित जिआंग्डेझेनमा रहेको एभिक हेलिकोप्टर रिसर्च एण्ड डेभलपमेन्ट इन्स्टिच्युटका अनुसार अत्यधिक ४५० किलोसम्मको तौलमा उड्ने क्षमता राख्ने यो हेलिकप्टरको प्रतिघण्टा गति १७० किमि छ भने चार हजार मिटरमाथिसम्म यसले उडान भर्नसक्नेछ ।  त्यस्तै यो हेलिकोप्टरले १२० किलोग्रामको हातहतियार र सामग्री बोक्नसक्ने जनाइएको छ । 

यो हेलिकोप्टर बजारमा लैजाने बताइएको छ । यो हेलिकोप्टरले सामान्यतया चारवटा आकाशबाट पृथ्वीमा मार हान्ने क्षेप्यास्त्र बोक्ने क्षमता राख्छ भने यसको नियन्त्रण राडार सिष्टमबाट गर्न मिल्छ । हरेक ८ किलोको मिसाइलले ५ किमि टाढाको निशाना लगाउने यसको निर्माता इन्स्टिच्युटले जनाएको छ । त्यसो त यसले बम र मेसिन गन पनि बोक्नसक्नेछ ।

यसको डिजाइन कभर स्टिलबाट बनाइएको छ । अगष्टको मध्यतिर यसको परीक्षण गरिएको थियो । उच्च पहाडको सम्म स्थानमा समेत यसले अवतरण गर्न सक्छ भने अत्यधिक चीसो मौसममा पनि काम गर्न सक्छ । यो खासगरी सीमा गस्तीका लागि उपयुक्त हुने उसको भनाइ छ । 

  • पिपल्स डेलीबाट अनुदित


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै