• २०८१ बैशाख १३ बिहीबार

नेप्से सुचक तथा कारोवार रकम दुबैमा बृद्धि : आज एक अर्ब चार करोडको सेयर किनबेच

kharibot

काठमाडौँ, नेप्से सुचक तथा कारोवार रकम दुुबैमा आज पनि बृद्धि देखिएको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से सात दसमलव ५६ अंकले बढेर १६ सय ६० दसमलव २५ बिन्दुमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव आठ अंंकले बढेर तीन सय ४७ दसमलव ६६ बिन्दुमा पुगेको छ ।

कुल एक सय ५८ कम्पनीहरुको नौ हजार तीन सय ४० वटा कारोवारमा २१ लाख २१ हजार दुुई सय ३८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाण्मा सेयर खरिद बिक्री हुदा कारोवार रकम एक अर्ब चार करोड ५८ लाख ९२ हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज सबैगरी कुल आठ वटा समुहको कारोवार भएकोमा दुई वटा समुहको कारोवारमा गिरावट आएको छ भने बाँकी छ वटा समुहको सुचक बढेको छ । बाँणिज्य बैक समुहको सुचक एक दसमलव ३८ अंकले बढेर १४ सय ३६ दसमलव ५१ बिन्दुमा चढेकोमा २२ करोड चार लाख ८७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समुहको सुचक पनि ४४ दसमलव ५९ अंकले बढेर दुई हजार ८९ दसमलव ३३ बिन्दुमा चढेकोमा ४४ करोड तीन लाख ६७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक १६ दसमलव १८ अंंकले बढेर १९ सय ७२ दसमलव ९४ बिन्दुमा चढेकोमा चार करोड ८२ लाख ५० हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

फाईनान्स, उत्पादनमुलक र अन्य समुहको कारोवार सुचक पनि आज बढेकाछन । बीमा समुहको सुचक भने आज ४१ दसमलव ६२ अंकले घटेर नौ हजार पाँच सय ४७ दसमलव २२ बिन्दुुमा झरेकोमा १९ करोड ४९ लाख ९१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल समुहको सुचकमा पनि आज गिरावट आएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको नेशनल माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर तीन हजार ५८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा परेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैकको सेयर मुल्य आठ रुपैयाँ ६२ पैसाले घटेर तीन सय १८ रुपैयामा प्रतिकित्ता सेयर कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल ग्रामिण बिकास बैकको प्रतिकित्ता नौ सय ९२ रुपैयाँ अन्तिम मुल्यमा सात करोड सात करोड १० लाख तीन हजार दुई सय ७० रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै