• २०८१ बैशाख ७ शुक्रबार

ओममा विरामीको मृत्यु प्रकरणमा मन्त्रालयले छानबिन थाल्यो

kharibot

काठमाडौँ । ओम अस्पतालमा नाकको शल्यक्रियाका क्रममा बुधबार कमला भट्टराईको मृत्यु भएको प्रकरणमा स्वास्थ्य मन्त्रालयले छानबिन थालेको छ ।

स्वास्थ्य मन्त्रालयले विनोदमान श्रेष्ठको संयोजकत्वका समिति गठन गरी छानबिन थालेको हो । छानबिनको प्रतिवेदन आउँ दुई दिन जति लाग्ने बताइएको छ ।

मृतकका आफन्त र अस्पतालबीच मन्त्रालयको प्रतिवेदन आएपछि यस विषयमा थप छलफल गर्ने अनौपचारिक सहमति पछि मृतकका आफन्तले शव बुझेको अस्पातल प्रशासनले जनाएको छ ।

ओम अस्पतालका प्रशासन प्रमुख विजय प्याकुरेलले मिडियामा आएजस्तो ओपिडी बन्द नगरिएको र मन्त्रलायको छानविन समितिको प्रतिवेदन आएपछि सोहि अनुसार गर्न आफुहरु तयार रहेको जानकारी खरीबोटलाई गराएका छन् ।

यसअघि ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा बुधबार दिउँसो बुटवलकी ४४ बर्षिय कमला भट्टराईको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पताल परिसर तनावग्रस्त बनेको थियो । 

गत शनिबार नाकको अप्रेशन गर्न अस्पताल भर्ना भएकी भट्टराईका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । 

अस्पताल प्रशासनले भने मृतकको उपचारमा डाक्टरको लावरवाही अस्विकार गरेको छ । सुरुमा विरामीलाई अप्रेशन गरेपछि पोस्ट वार्डमा सारिएको र स्वास्थ्य सामान्य रहेको बताउदै अस्पतालका प्रशासन प्रमुख विजय प्याकुरेलले अचानक विरामीको ब्लड प्रेशर लो भएपछि आइसीयुमा सारिएको र मल्टी अर्गान फेलिएर भएर विरामीको निधन भएको जानकारी गराए । अप्रेशन वरिष्ठ डा. आरपी गुरागाईले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै