• २०८१ बैशाख ८ शनिबार

'पुरातात्विक अवशेषलाई फोहोर सरह नफालियोस्'

kharibot

काठमाडौँ ।  भूकम्पबाट भत्किएका काठमाडौँका पुरातात्विक महत्वका सम्पदाका अधिकंश भग्नावशेष काठमाडौँको टुँडिखेलमा लगेर थुपारिएकोमा ती पुरातात्विक महत्वका अवशेषलाई फोहोर फाले जसरी बिना रेखदेख मिल्काउन लागिएको भन्ने थाहा पाएपछि हामीले काष्टमण्डप पुनर्निर्माणका लागि अभियानका तर्फबाट बुधबार टुँडिखेलमा हाल रहेका पुरातात्विक अवशेषको व्यवस्थापन  कार्यको अवलोकन गरेका थियौ । 

उक्त स्थानमा रहेका अमुल्य तथा पुरातात्विक वस्तुहरु नष्ट हुने गरी हेलचक्र्याईपूर्ण र अनुत्तरदायी कार्य भैराखेको देख्दा हामी सम्पदा प्रेमी मर्माहित र सतब्ध भएका छौ ।

यँहा थुपारिएका वस्तुमा काठमाडौँ सहरका महत्वपूर्ण पुरातात्विक सम्पदाका अवशेष मध्ये अधिकंश सामाग्री पुनर्निर्माणका क्रममा पुन: प्रयोग गर्न सकिन्छ भन्ने हाम्रो ठम्माई छ ।

अगिल्लो दिन हामीले देखेको ढुंगाको ‘ई लोंह’ भोलिपल्ट नदेखिएको हुँदा अरु महत्वपूर्ण वस्तुहरु पनि हराउने वा नास हुने शंकाले हामीलाई चिन्तित बनाएको छ ।

स्थलगत भ्रमणबाट प्राप्त जानकारी अनुसार नेपाली सेनाका जवानहरुले डोजर र ठुला ट्रकको प्रयोग तथा प्रशिक्षणका लागि पुरातात्विक अवशेषहरु प्रयोग गरेको पाएका छौ भने अर्को जानकारी अनुसार काठमाडौँ महानगरपालिकाको अनुरोधमा नेपाल सेनाका पुरातात्विक वशेषलाई फोहोर बनाई अन्य ठाउमा फाल्न लागेको पायौ ।

पुन: प्रयोग गर्न मिल्ने पुरातात्विक अवशेषलाई छानेर अलग राखी बाँकी सामग्रीमात्र अन्य ठाँउमा फाल्न अनुरोध गर्दा नेपाली सेना र पुरातत्व विभागले मानव संशाधनको कमि भएकोले कार्यव्यवस्थापन गर्न नसकेको भन्ने ठाडो जवाफ दिए । 

मानव संशाधनको कमि भएको हो भने हामी सहयोग तयार र तत्पर छौ भनि अवगत गराउदा कुनै किसिमको सकारात्मक जवाफ पाएनौ ।

भूकम्पको बेला सहयोग गरी ख्याती कमाएको नेपाली सेनाले समेत पुरातात्विक अवशेषलाई प्रशिक्षणको सामान अथवा फोहोर ठानेको देख्दा चिन्तित भएका छौ ।

यस्तो सोचबाट नेपाली सेनाले देशका तमाम धरोहरको सुरक्षा गर्छ भन्ने जनविश्वासमा धक्का लाग्छ । यस्तो कार्य हुँदा समेत धेरै पटक अग्रह्पछी एक जना कर्मचारी खटाएर पुरातत्व विभागले पुरातात्विक अवशेषको संरकक्षणकार्यलाई उपेक्षा गरेको ठानेका छौ ।

पुरातात्विक वस्तु तथा आव्शेश्को संरकक्षण गर्नुपर्ने काठमाडौँ महानगरपालिका पनि आफ्नो कर्तब्यप्रति सजग भएको देखिएन ।

टुँडिखेलमा थुपारिएका पुरातात्विक अवशेषको उचित व्यवस्थापन गर्न सम्बन्धित सम्पूर्ण सरकारी तथा नय निकायहरुको पुन; ध्यान आकर्षण गर्दछौ । साथै टुँडिखेलमा अवस्थित पुरातात्विक अवशेषको थुप्रोमा हामीले देखेका ‘ई लोह’ , सिहं तथा अन्य सामग्रीको हालको अवस्था र राखिएको स्थानको जानकारी चाहिएमा यस अभियान सहकार्य गर्न सदैव तयार र तत्पर रहेको छ ।

हामी सहकार्यको पुन: आव्हान गर्दै सरोकारवाला  सबैलाई भन्न चाहन्छौ-‘पुरातात्विक वस्तु तथा अवशेषक ओरेख्देखमा सम्बन्धित निकायले हेलचेक्र्याई गरेमा पुरातत्वप्रेमी काठमाडौँबासी प्रतिवाद गर्न बाध्य हुदैछौ ।’ पुरातात्विक अवशेषलाई फोहोर सरह नफालियोस् ।     

(अध्यक्ष काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान)

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै