• २०८१ बैशाख १४ शुक्रबार

हिमालयन बैंकद्वारा एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान 

kharibot

काठमाडौँ ।  हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । 

यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्याउने छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर जबराले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको ५ लाख ४ हजार दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरेका छन् । 

सोही अवसरमा दायित्वका तर्फवाट कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई बैंकले फेलोसिप सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसा पत्र प्रदान गरे ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै