काठमाडौँ । प्रदेस नम्बर २ का ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनको भदौ ३० गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।
निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, वा अन्य कसैले चुनावको प्रचारमा संलग्न हुन् नपाइने बताएको छ ।
निर्वाचन आचार संहिता, २०७२ ए स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा व्यवस्था बह्ये अनुसार मौन अवधिमा मत माग्न र प्रचार प्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।
यस अवधिमा सामाजिक सञ्जालहरुमा मत माग्न र निर्वाचन प्रचार सामग्री राख्न पनि निषेध गरेको छ ।