• २०८१ बैशाख ५ बुधबार

मन्त्रीमण्डलमा किन रेकर्ड तोडे देउवाले ?

kharibot

तस्बिर : रासस

काठमाडौँ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि दामोदर पाण्डे (सन् १८०४) नेपालको पहिलो प्रधानमन्त्री हुन् । पाण्डे नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन् । सन् १७५२ मा गोरखा जिल्लामा क्षेत्री काजी परिवारमा जन्मेका पाण्डे ५२ वर्षको उमेरमा सन् १८०४ मा नेपालको पहिलो प्रधानमन्त्री भएका थिए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि २००७ सालसम्म १७ जना प्रधानमन्त्री बनिसकेका थिए । सबै प्रधानमन्त्रीले आफ्नो नजिकको मान्छे अथवा विश्वासिलो पत्रलाई मात्रै मन्त्री बनाएका थिए, जसरी पृथ्वीनारायण शाहले आफ्ना बफादार सिपाही दामोदर पाण्डेलाई प्रधानमन्त्री बनाएका थिए ।
नेपालमा राणा शासन अन्त्य भएपछि वि.सं. २००७ साल फागुन ७ गतेका दिन नेपालमा प्रजातन्त्रको उदय भएपछि सर्वप्रथम गठन भएको राणा कांग्रेस मन्त्रीमण्डल पहिलो मन्त्रिपरिषद्को गठन भयो ।

यो मन्त्रीमण्डलको नेतृत्व कांग्रेसले गरेको भनिए पनि पहिला प्रधानमन्त्री भने श्री ३ महाराज मोहनशमशेर ज.ब.रा. प्रधानमन्त्री रहेका थिए र यो मन्त्रीमण्डलमा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री रहेका थिए । यो मन्त्रीमण्डललाई नै राणाकालपछिको प्रजातन्त्र उदय हुनुपहिले मन्त्रीमण्डल मान्ने गरिएको छ । नेपालमा राजनीतिक परिवर्तन गर्दाका समय २००७ सालदेखि २०१७ सालसम्म नेपाल विषम परिस्थितिमा गुज्रिएको थियो  ।

२०१६ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको पहिलो निर्वाचित सरकार बन्यो । २०१६ साल जेठ १३ गते सरकारले विश्वेश्वरप्रसाद कोइराला नेतृत्वमा गठन भएको मन्त्रीमण्डल २१ जनाको मन्त्रीमण्डल बनाएको थियो । राजा महेन्द्रले २०१७ पुस १ गते बहुदललाई अपदस्थ गरी निर्दलीय पञ्चायत ल्याए । राजा महेन्द्रले निर्दलीय व्यवस्था ल्याएको १२ दिनमै डा. तुलसी गिरी प्रधानमन्त्री बनाई २०१७ पौष १३ गते जम्मा १६ जना मन्त्रीमण्डल गठन  गरिएको थियो । राजा वीरेन्द्रले २०४६ सम्म लम्ब्याएर पञ्चायतको आयु ३० वर्ष पु¥याए ।

पञ्चायतको ३० वर्षमा १४ पटक प्रधानमन्त्री फेरिए, छ जना प्रधानमन्त्री भए भने बहुदलको २५ वर्षमा २१ पटक प्रधानमन्त्री फेरिए, १३ जना प्रधानमन्त्री भए ।

राजाको निर्दलीय व्यवस्थामा सात जना प्रधानमन्त्री भइसकेका थिए र नेपालमा धेरै आन्दोलन पनि भइसकेका थिए । बहुदल अपदस्थ भएको एक वर्षपछि नेपाली कांग्रेसले हतियार उठाए, एक वर्षमै बिसाएका थिए । पञ्चायतकालमा व्यवस्था र राजतन्त्रको विरोध निषेध थियो । आफ्नो विरोध सुन्नै नचाहने पञ्चायती शासकको यही सबैभन्दा ठूलो कमजोरी थियो । यद्यपि, राजनीति गर्नबाहेक कसैले पञ्चको बिल्ला भिर्न पर्दैनथ्यो, त्यतिखेर सबै नेपाली पञ्च । बहुदलमा एकले अर्कोलाई जति पनि विरोध गर्न पाउने । तर, राज्यको सेवासुविधाका लागि रोजाइमा पर्न सत्ताधारी दलकै सदस्य हुनुपर्ने यो बहुदलको ठूलो रोग भयो बहुदल रहुन्जेल निको भएन र अहिलेसम्म पनि ।

पञ्चायतकालमा सूचना र वाक् स्वतन्त्रता कुण्ठित गरिएको थियो । राजा महेन्द्रले पञ्चायतकाल लगाइसकेपछि नेपालका राजनीतिक दलहरुबाट बेला–बेला ठूला साना आन्दोलन गरियो । २०२८ देखि २०३२ सालसम्म कम्युनिस्टहरूले झापा विद्रोह गरे । २०३३ सालमा बीपी भारत प्रवासबाट फर्के । २०३६ सालमा विद्यार्थी आन्दोलन भयो र जनमतसंग्रह घोषणा भयो । जनमतसंग्रहमा सुधारिएको पञ्चायतले बहुमत पायो । २०४२ सालमा नेपाली कांग्रेसले पञ्चायतविरुद्ध अवज्ञा आन्दोलन गरे, रामराजा सिंहको बमकाण्डले तुहियो ।

लेखक : गोकुल निरौला 

२०४३ सालमा मरिचमान सिंहको मन्त्रीमण्डल २८ जनाको मन्त्रीमण्डल गठन गरेको थियो । पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म यिनी नेपालको प्रधानमन्त्री थिए । यिनी प्रधानमन्त्री भएकै बेला नेपाल—भारत पारवहन सन्धिको विषयलाई लिएर भारतले नेपाललाई नाकाबन्दी लगायो । यिनले भारतसँग नझुक्ने अडान लिएर बसे ।

त्यसैबेला सुरू भएको शान्तिपूर्ण जनआन्दोलन २०४६ मा प्रजातन्त्र प्राप्त गर्न आन्दोलमा लागेका समूहमाथि अत्यधिक शक्ति प्रयोग गरेर दमन गरेकाले यिनी सबैभन्दा बढी आलोचित पञ्चायती प्रधानमन्त्री बन्न पुगे । २०४३ साल जेठ ३१ गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका सिंहले जनआन्दोलन उत्कर्षमा पुगेपछि २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

२०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरे, बहुदलको पुनस्र्थापना भयो । बहुदलको पुनस्र्थापनापछि लोकेन्द्रबहादुर चन्द ०४६ मा र कृष्ण प्रसाद भट्टाई ०४७ मा प्रधानमन्त्री बने । पञ्चायतको ३० वर्षमा १४ पटक प्रधानमन्त्री फेरिए, छ जना प्रधानमन्त्री भए भने बहुदलको २५ वर्षमा २१ पटक प्रधानमन्त्री फेरिए, १३ जना प्रधानमन्त्री भए ।

२०४८ जेठ १५ गते भएको नेपाली कांग्रेसको गिरिजा प्रसाद कोइरालाको निर्वाचित सरकार गठन गरियो र गिरिजाप्रसाद कोइरालाले २३ जनाको मन्त्रीमण्डल विस्तार गरेका थिए । नेकपा एमालेको नौ महिने सरकार मनमोहन अधिकारीले नेतृत्व गरेर १४ जनाको मन्त्रीमण्डल गठन गरेका थिए । हालका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार २०५२ सालमा सबैभन्दा ठूलो मन्त्रीमण्डल गठन गरी इतिहास रचेका थिए । २०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्ध छेड्यो, जुन १० वर्ष चल्यो र १५ हजारभन्दा बढी मानिसको ज्यान गयो ।

नेपाली कांग्रेस र माओवादीबीचको आलोपालो सरकार चलाउने सहमतिअनुसार चौँथोपटक प्रधानमन्त्री बनेका देउवाले अहिले ५३ सदस्य जम्बो मन्त्रीमण्डल गठन गरेको छ । सहमतिअनुसार म्यादी प्रधानमन्त्री बनेका देउवाले आफ्नो रेकर्ड आफैंले तोडेका छन् ।

माओवादी जनयुद्ध सुरु गर्दा नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा थिए । तत्कालीन प्रधानमन्त्री देउवाले ५१ सदस्य मन्त्रीमण्डल गठन गरेका थिए । २०५३ सालदेखि २०६० सालसम्म नेपालमा आठ पटक सरकार हेरफेर गरियो र माओवादी जनयुद्ध पनि चर्किँदै गएको थियो । २०६१ सालमा शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले असक्षम भनी बर्खास्त गरेपछि बनेको ज्ञानेन्द्रले १५ सदस्य रहेको मन्त्रीमण्डल गठन गरेर सत्ताको बागडोर आफ्नो हातमा लिएका थिए ।

२०६३ सालमा बनेको अन्तरिम मन्त्रीमण्डल गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा मनेर २३ जनाको मन्त्रीमण्डल गठन गरेर सरकारमा गएका थिए । २०६५ सालमा प्रचण्ड सरकार र २०६६ सालमा माधवकुमार नेपालको सरकार बन्यो । सातपटक पुनर्गठन गरी ४३ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।

२०६७ सालमा प्रधानमन्त्री भएका झलनाथ खनालले दुईपटक पुनर्गठन गरी ३६ सदस्य मन्त्रीमण्डल गठन गरेका थिए । २०६८ साल भदौ १ गते बनेको डा. बाबुराम भट्टराईको सरकार बन्यो । भट्टराईले ४९ सदस्य मन्त्रीमण्डल गठन गरेका थिए ।

डा. बाबुराम भट्टराईले देशमा संविधान जारी गर्न नसकेर तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई २०६१ मा प्रधानमन्त्री बनाई सरकार गठन गरेको थियो र रेग्मीको पालामा ११ सदस्य मन्त्रीमण्डल गठन गरेका थिए । सुशील कोइरालाले २३ जना मन्त्री बनाएका थिए भने २०७२ सालमा बनेको केपी ओलीको सरकारमा २५ जना मन्त्री बनाएर सरकारको नेतृत्व गरेका थिए ।

पछि कांग्रेस र माओवादीको संयुक्त सरकार बनी प्रचण्ड प्रधानमन्त्री बने र प्रचण्डले ४१ जनाको नेतृत्व गर्दै सरकार चलाइरहेका थिए । नेपाली कांग्रेस र माओवादीबीचको आलोपालो सरकार चलाउने सहमतिअनुसार चौँथोपटक प्रधानमन्त्री बनेका देउवाले अहिले ५३ सदस्य जम्बो मन्त्रीमण्डल गठन गरेको छ । सहमतिअनुसार म्यादी प्रधानमन्त्री बनेका देउवाले आफ्नो रेकर्ड आफैंले तोडेका छन् ।

तेस्रो चरणको चुनावी आमसभालाई सम्बोधन गर्न जाँदा देउवाले बोल्ने गरेका छन् । अझै पनि मन्त्री थपिन सकिने सम्भावना छ । तिहारकै दिन समय सकिँदै गरेको सांसद्हरुको मन राख्न अथवा जम्बो मन्त्रीमण्डलले मंसिरमा चुनाव गराएर इतिहासमा नाम लेखाउनकै लागि देउवा मन्त्रीमण्डल बढाउँदै छन् ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै