• २०८१ बैशाख ८ शनिबार

धेरै दिनपछि नेप्से हरियो : कारोवार रकम भने ६३ करोड ५० लाखमा सीमित  

kharibot

फाइल तस्बिर

काठमाडौ । नेप्से आज उच्च अंकले बढेपनि कारोवार रकम भने अघिल्लो दिन कै हाराहारीमा रहेको छ । नेप्से आज ३७ दसमलव ११ अंकले बढेर १५ सय ३० दसमलव ३१ बिन्दुमा चढेको छ भने सेन्सिटिभ सात दसमलव ४१ अंंकले बढेर तीन सय २० दसमलव ७३ बिन्दुमा चढेको छ ।

एक सय ६१ कम्पनीहरुको छ हजार छ सय १३ वटा कारोवारमा ११ लाख ७० हजार ७२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६३ करोड ५० लाख पाँच हजार तीन सय ५४ रुपैयाँ पुगेको छ । 

आज सबैगरी कुल नौ वटा समुहको कारोवार भएकोमा नौ वटै समुहको कारोवार सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । सबैभन्दा उच्च अंकले बीमा समुहको सुचक बढेको छ ।

उक्त समुहको सुचक एकै दिन दुई सय ४९ दसमलव आठ अंकले बढेर आठ हजार पाँच सय १५ दसमलव ८३ बिन्दुमा चढेकोमा १३ करोड ५१ लाख ७३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक पनि ३६ दसमलव ९७ अंकले बढेर १३ सय १६ दसमलव ७० बिन्दुुमा चढेकोमा २२ करोड ८८ लाख २८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समुहको सुचक २३ दसमलव ९१ अंकले बढेर १९ सय १७ दसमलव ४३ बिन्दुमा चढेकोमा १८ करोड ६७ लाख ९१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी

जलबिद्युुत समुहको सुचक पनि आज १५ दसमलव दुई अंकले बढेर १७ सय ६२ दसमलव ९८ बिन्दुमा चढेकोमा एक करोड ७४ लाख ८१ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यसबाहेक आज होटल, ट्रेडिङ, उत्पादनमुलक, अन्य र फाईनान्स समुहको कारोवार सुचकमा पनि सुधार देखिएको छ । आज बढी कमाउने कम्पनीको सुचीमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर २२ सय ३३ रुपैयाँमा कारोवार भएको छ भने गुुमाउने कम्पनीको सुचीमा अग्रस्थगानमा परेको नेशनल माईक्रो फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ ९९ पैसाले घटेर तीन हजार दुई सय २४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा  अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १९ सय ८९ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड आठ लाख २५ हजार छ सय ४० रुपैयाँको सेयर किनबेच भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै