• २०८१ बैशाख ८ शनिबार

फिफा विश्व वरियतामा नेपाल ६ स्थान तल झर्यो, ब्राजिललाई उछिन्दै जर्मनी शिर्ष स्थानमा 

kharibot

काठमाडौँ । फिफाको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १७५औ स्थानमा पुगेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको विश्व वरियतामा नेपाल १६९औं बाट १७५औ स्थानमा पुगेको हो । नेपाल जुलाई महिनामा १७०औ स्थानमा रहेको थियो । नेपालले अघिलो हप्ता ताजकिस्तानसँग खेलेको खेलमा पराजित भएपछि फिफा वरियतामा पनि ६ स्थान तल झरेको छ ।

नयाँ वरियता अनुसार सार्क देशमा भारत पनि १० स्थान तल झर्दै १०७औ स्थानमा पुगेको छ । भारत यसअघि ९७औं स्थानमा थियो । त्यस्तै म्यान्मार १५२औ स्थानमा, माल्दिभ्स १५४औं स्थानमा,  अफगानिस्तान १५८औं स्थानमा रहेका छन् ।  त्यस्तै नेपालभन्दा माथि रहेको अर्को दक्षिण एसियाली मुलुक भुटान १७४औं स्थानमा रहेको छ ।

त्यसैगरी नेपालभन्दा तल रहेको बंगलादेश एक स्थानमाथि उक्लिदै १९६औं स्थानमा छ भने श्रीलंका १९८, पाकिस्तान २००औं स्थानमा रहेको छ ।

विश्व वरियताको नम्बर एकमा पुन एक पटक ब्राजिललाई पछाडी पार्दै जर्मनी शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिल दोस्रो स्थानमा झरेको छ । त्यस्तै हालै विश्वकप छनौट खेलमा राम्रो प्रदर्शन गरेको पोर्चुगल तीन स्थान माथि उक्लिदै तेस्रो स्थानमा पुगेको छ भने अर्जेन्टिना चौथो स्थानमा झरेको छ ।

त्यस्तै पाचौ स्थानमा बेल्जियम, छैठौ स्थानमा पोल्याण्ड, सातौ स्थानमा स्विटजरल्याण्ड, आठौ स्थानमा फ्रान्स, नवौ स्थानमा चिली र दशौ स्थानमा कोलम्बिया रहेका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै