• २०८१ बैशाख ७ शुक्रबार

‘सिक्किम’ लाई समस्याग्रस्त भनेपछि प्रियंका चोपडा विवादमा 

kharibot

मुम्बई । बलिवुड पछि हलिवुडमा जम्दै गरेकी अभिनेत्री प्रियंका चोपडा विवादमा आएकी छन् । प्रियंकाले भारतकै सिक्किम राज्यको बारेमा दिएको विवादित बयानका कारण उनि विवादमा आएकी हुन् । 

हालै टोरन्टो फिल्म फेस्टिबलका क्रममा एक अन्तर्वार्तामा प्रियंकाले भारतको सिक्किमलाई उग्रवादले समस्याग्रस्त राज्य भनेर टिप्पणी गरेकी थिइन् । 

प्रियंकाको यस भनाइपछि सिक्किममा उनको कडा आलोचना भएको छ । सामाजिक सञ्जालमा प्रियंकालाई ट्रोल गरिएको छ भने प्रियंकाले आफ्नो सूचनालाई करेक्ट गर्दै माफी माग्नु पर्ने माग सिक्किमका स्थानीयहरुले गरेका छन् । उनीहरुले सिक्किम भारतकै सबै भन्दा शान्तिपूर्ण राज्य भएको भन्दै प्रियंकाको कडा आलोचना गरेका छन् ।

प्रियंकाले अन्तर्वार्तामा भारतको उत्तरपूर्वीक्षेत्रमा एक सानो राज्य छ सिक्किम, जँहा फिल्म उद्योग नै छैन । यस क्षेत्रबाट कसैले फिल्म बनाएको छैन भन्दै आफुले बनाएको पाहुना फिल्म पहिलो फिल्म हो जसले त्यस क्षेत्रको प्रतिनिधित्व गर्दछ । त्यस क्षेत्रमा धेरै विद्रोह र समस्या उत्पन्न हुने खालको स्थिति रहेको छ ।

प्रियंकाको यसै भनाईलाई सिक्किममा आपत्ति जनाइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै