• २०८१ बैशाख ७ शुक्रबार

वल्ड ट्रेड सेन्टरमा आठौ मेड इन पाकिस्तान प्रदर्शनी शुरु

kharibot

काठमाडौं । पाकिस्तानमा निर्मित विभिन्न सामग्रीहरुको प्रदर्शनी बुधबारदेखि काठमाडौको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरको शुरु भएको छ । 

कार्यक्रमको उदघाटन् गर्दै वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले नेपाल र पाकिस्तानबीच दैत्य सम्बन्ध तथा जनस्तरलाई यस खालको प्रदर्शनीले अझ सुदृढ बनाउने बताए । 

यसैगरी सोही कार्यक्रममा बोल्दे नेपाल सरकारका मुख्य सचिव राजेन्दकिशोर क्षेत्रीले सार्कको संस्थागत सदस्य भएको नाताले नेपाल र पाकिस्तानबिचको व्यापार प्रबद्धनलाई बढाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा सम्बेधन गर्दै नेपालका लागि पाकिस्तानका महामहिम राजदूत मजहर जाभेदले सार्क मुलकका दुवै सदस्य राष्ट्र नेपाल र पाकिस्तानमा हुने यस खालका प्रदर्शनीले दुई देशबिचको सम्बन्ध अझ मधुर हुने बताए । 

सोही कार्यक्रममा बोल्दे नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक समाजको अधक्ष हिमालय शम्शेरले प्रदर्शनीको सफलताको कामना गरेका थिए । 

सो प्रदर्शनीको वाणिज्य मन्त्री विश्वकर्मा र नेपालका लागि पाकिस्तानका महामहिम राजदूत मजहर जाभेदले संयुक्त रुपमा गरेका थिए । 

प्रदर्शनी आगामी एक साता सम्म चल्ने आयोजक संस्था मेड इन पाकिस्तानले जनाएको छ । नेपाल र पाकिस्तानबिच सन १९६० मा कृतनिितक सम्बन्ध स्थापना भएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै