मलेसियाको विद्यालयमा आगलागी हुदा २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

खरीबोट

तस्बिर : मलाया मेल अनलाइन

कवालालम्पुर । मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको समाचार छ । 

यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त विद्यालय बालकहरुका लागि मात्र हो । 

यस आगलागीमा परी मृत्यु भएका व्यक्तिमा अधिकांश १३ देखि १७ बर्षका रहेका जनाइएको छ । अधिकारीहरुका अनुसार केही बर्षयता भएका भीषण आगलागी मध्ये यो सबैभन्दा खतरनाक हो । 

आगलागी बिहीबार बिहानको मिर्मिरेपूर्व नै भएको थियो । त्यस समयमा बालकहरु सुतिरहेको अनुमान गरिएको छ । 

बिहानीको हिँडाई (मर्निङ वाक) का लागि नागरिकहरु सडकमा गएका बेला उक्त विद्यालयको माथिल्लो तलामा आगोको मुस्लो निस्किएको देखेका थिए । साथै बालकहरुले भित्रबाट बचाउ बचाउ भन्दै रोइरहेको आवाज पनि उनीहरुले सुनेका थिए । त्यसपछि उनीहरुले नै प्रहरी र दमकललाई खबर गरेको बताइएको छ । 

मलेसियाको राजधानी क्वालालम्पुरको मध्य भागमा रहेको इस्लामिक धार्मिक विद्यालय ताहफिजमा बिहीबार विहानै आगलागी सुरु भएको थियो । स्थानीय टेलिभिजनहरुले देखाएका दृश्यहरुमा आगलागीको कारण ठूलो धुवाँको मुस्लो र खरानी उडेको तथा सो विद्यालयबाट किशोरहरु भाग्ने कोशिस गरिरहेका र भागेका देखिन्छ । 

क्वालालम्पुरका प्रहरी प्रमुख अमर सिंहका अनुसार सो आगलागीमा परी मृत्यु भएका व्यक्तिको शरीर पूरै जलेको थियो । दुर्भाग्यबस यस विद्यालयमा एउटै मात्र प्रवेशद्धार रहेको र सवै शवहरु एकको माथि अर्को गरी त्यहीँ थुप्रिएको दृश्य पनि टेलिभिजनहरुले देखाएका छन् । 

मलेसियाको आगलागी उद्धार विभागका निर्देशक खिरुदिन ड्राहम्यानले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुुसार यो यस देशको २० बर्षयताको सबैभन्दा भीषण आगलागी हो । 

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा उक्त विद्यालय भवनमा विद्युतीय गडबडीबाट आगो निस्किएको पाइएको जनाइएको छ । 

सम्बन्धित समाचार

नवराज सिलवाल मलेसियामा

काठमाडौँ । नेकपा (एमाले) को तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’

मलेसियामा लागूऔषध मुद्दामा फसेका नेपाली दूतावासको पहलमा स्वदेश फिर्ता 

काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले लागूऔषध मुद्दामा फसेका एक नेपाली र अर्का एक अलपत्र नेपालीलाई नेपाल फिर्ता पठाएको छ । क्लालालम्पुरमा रहेको नेपाली राजदूतावासको पहलमा सेक्युरिटी गार्डका रुपमा मलेसिया गएका

नेपाली युवा टिम मलेसियालाई पराजित गर्दै फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने 

काठमाडौँ । नेपाल थाइल्याण्डको बैककमा जारी एसिसि यु१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७२ रनले पराजित गर्दै उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको

महिला टी–२० विश्वकप छनोट : नेपालको पहिलो जित, मलेसियामाथि ३३ रनले विजयी 

काठमाडौँ ।  आइसीसी टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ । आज सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । नेपालले दिएको