• २०८१ बैशाख ६ बिहीबार

हेटौडामा ८ जना जुवाडे पक्राउ 

kharibot

फाइल तस्बिर

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

तास खेलिरहेको अवस्थामा पक्राउ परेका ८ जनासँग एक लाख तिस हजार ६ सय पच्चीस रुपिया र १३ थान तास बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेटौडाको वडा नम्बर ७ शान्ति टोलस्थित कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा ति जुवाडेहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई जुवा ऐन २०२० अनुसार आवश्यक कारवाही भइरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै