हेटौडामा ८ जना जुवाडे पक्राउ 

खरीबोट

फाइल तस्बिर

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

तास खेलिरहेको अवस्थामा पक्राउ परेका ८ जनासँग एक लाख तिस हजार ६ सय पच्चीस रुपिया र १३ थान तास बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेटौडाको वडा नम्बर ७ शान्ति टोलस्थित कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा ति जुवाडेहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई जुवा ऐन २०२० अनुसार आवश्यक कारवाही भइरहेको जनाएको छ ।
 

सम्बन्धित समाचार

चिनियाँ मिडियालाई अन्तर्वार्ता दिदै प्रधानमन्त्री ओलीको बुढीगण्डकी गेजुवालाई दिने संकेत 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना फेरी चिनियाँ कम्पनि गेजुवालाई दिने संकेत गरेका छन् । चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोष्टलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बुढीगण्डकी आयोजना

तीन लाख रुपैयासहित जुवा खेल्दै गरेका छ जना पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ ।  प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ

तेत्तीस लाखसहित छ जुवाडे पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले रु ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली

इटहरीमा नगदसहित छ जुवाडे पक्राउ

इटहरी ।  इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ ।  प्रहरी चौकी तरहराका