रहर हुँदाहुँदै विद्यालय जान नपाएकाहरु...

खरीबोट

फाइल तस्बिर

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा दैनिकजसो भेटिने १२ वर्षका अजय नेपालीलाई पढेर ठूलो मान्छे बन्ने रहर छ । 

म्याग्दीसँग सिमाना जोडिएको पर्वतको उत्तरी जलजला गाउँपालिका–४ धाइरिङको सल्यान स्थायी घर भएका अजय घरपरिवारमा उचित वातावरण नहुँदा विद्यालय जान छाडेका हुन् । 

पर्वत बेनीमा बस्दै आएका नेपालीका बुबा पम्फे विदेशमा छन् भने आमाले गत वर्ष अर्कैसँग बिहे गरेर गएपछि उनले विद्यालय जान छाडेका हुन् । बिहान बेलुका पकाएर खानेको समेत टुंगो नभएपछि अजयले बेनीस्थित प्रकाश माविमा कक्षा ५ सम्मको अध्ययन गर्दागर्दै विद्यालय जान छाडेको बताए । 

बस्नका लागि सानो छाप्रो भएपनि बिहान बेलुका के खाने टुंगो नभएपछि अजयसँगै उनका भाइ शक्तिले समेत विद्यालय जान छाडेका हुन् । १० वर्षका शक्तिले कक्षा ३ मा अध्ययन गर्दै गरेको समयमा विद्यालय जान छाडेका हुन् । 

आफन्तकामा खाना खाँदै आएका उनीहरुले अहिले सडकमा खेलेर दिन बिताउने गरेका छन् । “आमाको अर्कैसँग बिहे भएपछि बस्ने र खाने ठाउँ भएन, बाबा विदेशमा हुनुहुन्छ, पढेर ठूलो मान्छे बन्ने रहर छ, तर विद्यालय जान छाडेको पनि धेरै भयो, अब त सरहरुले पनि गाली गर्नुहुन्छ होला,” अजयले भने । 

अजयजस्तै पढेर ठूलो बन्ने चाहना हुँदाहुँदै विद्यालय जान छाडेका अर्का बालक हुन सुमित नेपाली । उनीहरु सहोदर दुई भाइका छोराहरु हुन् । आफ्नै गाउँ धाइरिङकै स्थानीय विद्यालयमा अध्ययन गर्दागर्दै १४ वर्षका उनले पनि केही वर्ष अगाडिदेखि पढाइ छाडेका हुन् । 

कक्षा ४ सम्मको अध्ययन गरेका उनले पनि बजारमा कम्युटर चलाएर जागिर खानेजस्तै ठूलो मान्छे बन्ने रहर रहेको बताए । तर अध्ययन छाडेको वर्षौं भइसकेकाले फेरि विद्यालय गएर पढ्ने उचित वातावरण उनको घरपरिवारको पनि छैन । उनकी आमाले बजारमा मजदुरीको काम गर्छिन् भने बाबाले हार्डवेयर काम गर्छन् । उनका बुबाले दुईवटा बिहे गरेका छन् । 

दिनभरि डुलेरै समय खेर फाल्दै आएका यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । घरपरिवारको उचित वातावरण नहुँदा पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय छाडेका थुप्रै बालबालिका छन् । 

तर सडकमा दिनभर धुलोसँगै खेलेर समय खेरफालेका यस्ता बालबालिकालाई संरक्षण गरी उनीहरुलाई अध्ययनबाट वञ्चित नगराउनका लागि सम्बन्धित निकायबाट कुनै पहल भएको देखिँदैन । 

सम्बन्धित समाचार

विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

गाईघाट, उदयपुर ।  उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ ।  बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना

अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

वासिङ्टन ।  अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ ।  यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने

उद्योगग्राम, रंगशाला र प्राविधिक महाविद्यालय स्थापना गरिने पहिलो मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ ।  बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा

भक्तपुरका सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै