काठमाडौ । ग्लोवल आईएमई बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएकाछन ।
बैक सञ्चालक समितीकोे बुधबार बसेको बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गरेको जानकारी बैकले नेप्सेलाई दिएको छ ।
ज्ञवालीको राजीनामा स्वीकृत भएपश्चात बैंकका बरिष्ठ डेपुटी सिईओ जनक शर्मा पौडेललाई कामु प्रमुख कार्यकारीको जिम्मा दिईएको जानकारी पनि बैकले नेप्सेलाई दिएको छ ।
जानकारी अनुसार ज्ञवालीको स्वीकृत राजीनामा असोज एक गतेदेखि कार्यान्वयनमा आउने छ ।