दुई नम्बर प्रदेशको चुनावपछि काँग्रेस पहिलो पार्टी बन्छ : प्रधानमन्त्री देउवा

खरीबोट

तस्बिर : रासस

महोत्तरी । स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । 

महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गरे । 

तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उनले खुलासा गरे । हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । 

भारत र नेपालको सम्बन्ध बलियो रहेको उनले स्पष्ट पार्दै सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने विश्वास उले व्यक्त गर्नुभयो । 

उहाँले एमालेको राष्ट्रवादले देश खतरामा फसेको आरोप लगाउनुभयो । मिलेर बसेको नेपालीलाई फुटाउने काम एमालेले गरिरहेको आरोप समेत लगाए  । 

काँग्रेसका महामन्त्री शशांक कोइरालाले मधेशका मधेशीलाई अधिकारसम्पन्न बनाउनु र समृद्ध राष्ट्र निर्माण गर्नु काँग्रेसको प्रमुख दुई एजेण्डा रहेको बताए । संविधान संशोधन गरेर मधेशको माग पूरागर्ने उनले जिकिर गरे । 

त्यस्तै, काँग्रेस नेता विमलेन्द्र निधिले एमालेले संविधान संशोधन गर्न विपक्षमा मतदान गरेकाले एमाले मधेशमा पराजित हुने दाबी गरे । 

काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस जबजब हार्यो तब तब देश हारेको बताए । त्यसैले काँग्रेस जिताउनु भनेको देशलाई जिताउनु रहेको उनले बताए । 

नेता रामशरण महतले सिके राउत, जयकृष्ण गोइत र केपी ओली प्रवृत्तिले राष्ट्रियता खतरामा परेको औँल्याए । काँग्रेसका अर्का नेता बालकृष्ण खाँडले एमालेले प्रजातन्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाए । 

काँग्रेसका युवा नेता गगन थापाले टोपी र धोती मिलेमात्र देश समृद्ध बन्ने विश्वास व्यक्त गरे । संविधानमा लेखेको कुरा पुरा काँग्रेसले गर्ने उनले विश्वास व्यक्त गरे। 

सम्बन्धित समाचार

काँग्रेसले बहुमत ल्याए मात्र लोकतन्त्र संस्थागत हुन्छ - प्रधानमन्त्री देउवा

रुकुम । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् ।  नेपाली काँग्रेस रुकुम पश्चिमले आयोजना गरेको चुनावीसभालाई आज यहाँ

पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङ्गको क्षेत्रबाट कांग्रेस प्रवेश गर्नेको लर्को

पशुपतिनगर (इलाम) । नेकपा एमालेका वरिष्ठ नेताहरुको क्षेत्रबाट एमाले छोडेर कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वांगको क्षेत्रबाट सयौँको संख्यामा कांग्रेस प्रवेश

दोलखामा काँग्रेस सभालाई लक्षित गरी सकेट बम

चरिकोट, दोलखा ।  नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ ।  सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली

दाङबाट केपी ओलीको प्रश्न- ‘कांग्रेसले हिंसा चाहेको हो ?’

दाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको