• २०८१ बैशाख ७ शुक्रबार

भारतीय ट्रकको ठक्करबाट सप्तरीमा एकको मृत्यु

kharibot

राजविराज । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ ।

साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत गम्भीर घाइते भएका छन् । राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ३५०२ नम्बरको यादव सवार मोटरसाइकललाई ठक्क्र दिएको थियो ।

घाइतेको उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र ठक्कर दिने मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मिठाई पसलमा आगलागी

यसैबीच, सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा एउटा मिठाई पसलमा बुधबार आगलागी हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय गंगाराम साहको मिठाई पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रु तीनलाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै, सोही ठाउँमा रहेका छिमेकी रामनाथ साहको मिठाई पसलमा समेत आगलागीबाट क्षति भएको पीडितले जनाएका छन् । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै