भारतीय ट्रकको ठक्करबाट सप्तरीमा एकको मृत्यु

खरीबोट
ad

राजविराज । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ ।

साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत गम्भीर घाइते भएका छन् । राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ३५०२ नम्बरको यादव सवार मोटरसाइकललाई ठक्क्र दिएको थियो ।

घाइतेको उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र ठक्कर दिने मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मिठाई पसलमा आगलागी

यसैबीच, सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा एउटा मिठाई पसलमा बुधबार आगलागी हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय गंगाराम साहको मिठाई पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रु तीनलाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै, सोही ठाउँमा रहेका छिमेकी रामनाथ साहको मिठाई पसलमा समेत आगलागीबाट क्षति भएको पीडितले जनाएका छन् । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

सम्बन्धित समाचार

कपिलवस्तुमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मुत्यु

कपिलवस्तु / भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।  तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५

नक्कली नागरिकता लिने भारतीय पक्राउ

विराटनगर / किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।  भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते

भारतद्वारा विराटनगरस्थित भारतीय दुताबास कार्यालय बन्द

काठमाडौँ । भारतले नेपालको विराटनगरस्थित आफ्नो दुतावास अफिस बन्द गर्ने निर्णय गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विराटनगरस्थित दुताबासकार्यालय बन्द हुने जानकारी दिएको छ । विज्ञप्तिमा सन

नक्सलवादीको विष्फोटनमा परि छ जना भारतीय प्रहरीको मृत्यु

 भारत । छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ्याइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको