• २०८१ बैशाख ११ मंगलबार

सिंगापुरमाथि नेपालको शानदार जित, पवनले लिए ६ विकेट 

kharibot

काठमाडौँ ।  मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेटको छनौट प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको ६८ रनको लक्ष्यलाई नेपालले १३.४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको छ ।

नेपालका लागि ओपनर सन्दीप सुनवारले सर्वाधिक २० रन बनाए बहने अनिल कुमार शाहले १८ रन बनाएका थिए भने सुमित महर्जनले नटआउट १० र सन्दीप जोराले नट आउट ७ रन बनाएका थिए । 

यसअघि सिंगापुरले नेपाललाई ६८ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिंग रोजेको सिंगापुरले २८.३ ओभरमा सबै विकेट गुमाउदै केबल ६७ रन बनाएको थियो । सिंगापुरका लागि सिद्धान्त र अर्यमान सुनीलले २०, २० रन बनाएका थिए । 

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर पवन सराफले ६ विकेट लिएका छन् । पवनले ८ ओभर बलिंग गर्दै ४ मेडन ओभर सहित १२ रन दिएर ६ विकेट लिएका हुन् । त्यस्तै किशोर महतोले दुई, रोहित पौडेल र दिपेन्द्र ऐरीले एक एक विकेट लिएका छन् ।

यो जित सँगै नेपाल आफ्नो समुहमा प्रथम हुदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ भने सिगापुर हारपछि पनि उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । नेपालले आगामी शनिबार सेमिफाइनलमा समुह बि को उपविजेता हुने टिमसँग खेल्ने छ । समुह बि बाट मलेसिया र हङकङ सेमिफाइनलमा पुगे पनि समुह विजेता र उपविजेताको टुंगो अहिले भैरहेको खेलबाट लाग्ने छ ।  

दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै