• २०८१ बैशाख ८ शनिबार

पवन सराफको उत्कृष्ट बलिङको अगाडी सिंगापुर धरासायी, नेपालले पायो ६८ रनको लक्ष्य  

kharibot

फाइल तस्बिर

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरले नेपाललाई ६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग रोजेको सिंगापुरले २८.३ ओभरमा सबै विकेट गुमाउदै केबल ६७ रन बनाएको थियो । सिंगापुरका लागि सिद्धान्त र अर्यमान सुनीलले २०, २० रन बनाएका थिए । 

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर पवन सराफले ६ विकेट लिएका छन् । पवनले ८ ओभर बलिंग गर्दै ४ मेडन ओभर सहित १२ रन दिएर ६ विकेट लिएका हुन् । त्यस्तै किशोर महतोले दुई, रोहित पौडेल र दिपेन्द्र ऐरीले एक एक विकेट लिएका छन् ।

नेपालले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ । 

आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर यसअघिनै प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् । दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५५ र भुटानलाई ९ विकेटले पराजित गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै