दशैँमा छहजार सार्वजनिक सवारीसाधनले सेवा दिने

खरीबोट

फाइल तस्बिर

काठमाडौँ । नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने भएका छन् । 

दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन । 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दूरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको जानकारी दिए । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । यसका अलावा दशैँमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन् । 

यो वर्षमात्र २०÷२१ लाख मानिस दशैँ मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे १५÷१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा पाँच÷छ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताउछन् । 

हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकीलगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गर्दछन् । दशैँलाई लक्षित गरेर सरकारले यही भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दशैँको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दशैँको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताउछन्। 

महाशाखा, विभागलगायत विभिन्न संघ संस्थाको सहयोगमा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ । 

सम्बन्धित समाचार

सुजुकी दशैं तिहार चक्कामा चक्का नगद पक्का योजना सार्वजनिक

काठमाडौँ । नेपालको लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारीक वितरक भिजि अटोमोबाइल्सले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गर्दै सुजुकी दशैं तिहार चक्कामा चक्का नगद पक्का  बिक्री प्रवद्र्धन उपहार

भक्तपुरमा ‘हाम्रो दशैं मेला’ आयोजना हुने

भक्तपुर । दशैंको अवसर पारेर भक्तपुरमा दशैं मेला आयोजना हुने भएको छ । सल्लाघारी स्थित मैदानमा हाम्रो दशैं मेला २०७४ आयोजना हुने भएको हो । रफत संञ्चार क्लब भक्तपुरमा आज आयोजित

पर्व सुधार गर्ने भन्दै गोरखामा दशैँ मनाइयो

गोरखा । पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् ।  विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा

डिशहोमको दशैं तिहारमा 'खुशी अन गरौ' योजना शुरु

काठमाडौँ । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक, डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ