• २०८१ बैशाख १२ बुधबार

ओली किन मधेश झरेनन् ? यस्ता छन् दश कारण

kharibot

एमाले अध्यक्ष केपी ओली

काठमाडौँ । सिंगै देशको राजनीति प्रदेश नम्वर २ को असोज २ को चुनावमा केन्द्रीत भैरहेका बेला मुख्य विपक्षी दल नेकपा एमालेका अध्यक्ष सो क्षेत्रको चुनावी अभियानमा सामेल भएका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले तीने दिने, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हप्तौं लामो मधेश मिसन छेडिरहदा पनि राजधानीबाट किन मधेश झरेनन् ओली ?

तराई मधेश केन्द्रीत दलहरु राजपा वा संघीय समाजवादी वा लोकतान्त्रिक फोरम त उसै पनि गर वा मरको स्थितिमा मधेश मिसनमा छन । नयाँ शक्ति र साझा विवेकशील दलदेखि साना ठूला सबै दलको मधेश मिसनको व्यस्तताका वीच सन्चो नबिग्रेका ओली मधेशी चुनावी प्रचारमा नदेखिनु के संयोग हो वा सुनियोजित चुनावी गेमप्लान ?

ओली समर्थकहरुले यसबारेमा जे जति तर्क कुतर्क गरे पनि ओलीले मधेशमा चुनावी अभियानको नेतृत्व आफै गर्न नसक्नुमा उनको नेतृत्वको मधेश नीतिको भय र त्रास नै हो की उनी मधेशी मसिहाका रुपमा मधेश झर्न सकेन्न, चुनावको मुखमा पनि ।

केही तथ्यहरु :

१. जसै संविधान जारी भयो असोज ३, २०७२ मा एमाले अध्यक्ष ओली नै थिए, तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कुरै नसुनी भारतलाई तथाकथित तुजुक देखाईदिने नाममा छिटो संविधान जारी गर्न हुटहुटी लगाउने मुख्य नायक । मधेशी दलको कुरै नसुनी, तत्कालिन राष्टपति डा. रामवरण यादवको सल्लाह नै अवज्ञा गर्दै र भारतीय विदेश सचिव एस जयशंकरको सदभावका वावजुत संविधान जारी गराउने मधेश विरोधी कित्ता र कर्मको नायकत्व गरेका ओलीलाई अहिले मधेशमा गएर आफूलाई मधेश मसिहा दाबी गर्ने नैतिक साहस भएन । फलतः उनी मधेश झरेनन् ।

२. तत्कालिन शुसील कोईराला सरकारकै पालामा हतारमा संविधान जारी गरेर सीघ्र सत्तामा जान उनले जीवनभर विरोध गरेका प्रचण्डको काँधमा चढेर सत्ताको दाउँ खेलेका थिए । नभन्दै उनी प्रचण्ड समर्थनमा जीवनमा नै पहिलो पट्क प्रधानमन्त्री बने । त्यतिबेला उनी स्वास्थ्य कमजोर भएको अवस्थामा थिए । प्रधानमन्त्री छिटो हुने उनको शासकीय महत्वाकाँक्षाले उनले संविधान जारी गराउन गरेको हतारो र सरकार फेर्न गरेको चटारो उनको मधेश र मधेशी विरुद्धको शान्त जेहादी थियो । त्यो जेहादीको पीडाले अहिले उनी नै सवैभन्दा प्रताडित छन । त्यसैले त्यही पापको प्रायश्चित गर्ने नैतिक बल जुटाउन नसकेका कारण चुनावका मुखमा पनि उनी मधेश झरेनन् ।

३.मधेश आन्दोलनका क्रममा सबैभन्दा बढी मधेशी जनता शुसील कोईराला र ओलीको सरकारका पालामा मारिए । मारिएका करीब ५ दर्जन मधेशी जनता मध्ये २ तिहाई मानिस या त एमाले डिजाईनको शुशील सरकारका पालामा या त एमालेकै ओली सरकारको पालामा मारिएको कारण ती शहीद परिवारको सामना गर्ने बल छैन ओलीसंग । फलतः उनी सत्यका सामना गर्ने आँट नभएर मधेश मिसनमा सामेल छैन्न । बरु तर्किएर, बहाना बनाएर भागिरहेका छन ।

ओली आवरणमा जति क्रान्तिकारी,  राष्टवादी र भारत विरोधी देखिन्छन, भित्री रुपमा उनी उत्तिकै कुटील षडयन्त्रकारी,  क्रुर र भारतमैत्री छन । उनलाई भीडमा हिरो हुन जे सुकै बोल्ने र ताली खानै पर्ने बानी नै परेको छ । तर २ नम्वर प्रदेशमा उनले पार्टीका पक्षमा लाखौं त के हजारको मास पनि बटुलेर आमसभा गर्ने पार्टीको हैसियत देखिएन यस पटक ।

४.ओली आवरणमा जति क्रान्तिकारी,  राष्टवादी र भारत विरोधी देखिन्छन, भित्री रुपमा उनी उत्तिकै कुटील षडयन्त्रकारी,  क्रुर र भारतमैत्री छन । उनलाई भीडमा हिरो हुन जे सुकै बोल्ने र ताली खानै पर्ने बानी नै परेको छ । तर २ नम्वर प्रदेशमा उनले पार्टीका पक्षमा लाखौं त के हजारको मास पनि बटुलेर आमसभा गर्ने पार्टीको हैसियत देखिएन यस पटक । त्यसैले आफ्नो कमजोर हैसियत खुलासा नहोस भनेर उनी गपचुप बस्न चाहन्छन । विषयान्तर गरेर कथित हिरो भैरहने ओली आँकाँक्षा र तुरुप हो की उनी मधेशमा चुनावी अभियानमा सामले भएनन् ।

५. मधेशी जनताले ओलीसत्ताका बेला वा उनको समर्थनको सत्ताको बेला मारिएका जनतालाई पाकेको आँप झरेको संज्ञा दिन्थे । अहिले तिनै शहीद परिवारको सामना गरेर पार्टीका पक्षमा भोट माग्ने नैतिक साहस छैन, ओली वा एमालेसंग । फलतः उनी आफै बाहिर बसेर तर्किदै हिडेका छन ।

५. सीमाँकनमा असंतुष्ट मधेशीहरुलाई उनी थप भूगोलका लागि बिहार जान सल्लाह दिदै तित्रि बचन बोल्थे । मधेश आन्दोलनलाई खिल्ली उडाउथे । अहिले आफ्ना पुराना कुर्ततहरुको वचाउ गर्न सक्ने अवस्था गुमेपछि उनी मधेश झर्न सकेनन् ।

६. रौतहटबाट चुनाव जितेका माधव नेपालसम्मले पनि कडा विरोधको सामना गरेका छन यही चुनावका दौरानमा । ओलीले मधेशमा गालीको गोली हाने उनी त्यहाँ प्रहारको निशाना बन्ने निश्चित छ । र त, उनी भाग्ने र छलिने शैलीमा झरेनन् चुनावी मिसनमा ।

७.ओलीलाई थाहा छ, उनको नेतृत्वको मेची महाकाली अभियानका क्रममा सप्तरीमा भडकिएको हिँसाको कहर । त्यसमा एमालेको काईते भुमिकाका नेता नै आफै भएका कारण, थप सप्तरी काण्डहरु दोहोरिने त्रासले ओलीलाई नछोडेका कारण पनि उनी मधेश झर्न सकेनन् ।

८. करीब एक वर्ष प्रचण्ड सरकारका पालामा संविधान संशोधनलाई संसदमा अडकाएर मधेशी दललाई बिच्क्याउने राजनीतिक नेतृत्व गरेका ओलीलाई संविधानको गीता गाउदा मधेशी जनताको प्रहार झेल्नु पर्ने साच्चो सत्य ज्ञान छ । भदौं ५ मा संसोधन प्रशताव फेल गर्ने आफ्नो खलनायकत्वको संझना ओलीलाई हुने नै भयो । त्यसैले उनी मधेशबाट तर्केका छन, थर्केका छन र चुनावी अभियानमा सामेल छैनन् ।

९. जति ठूला कुरा गरे पनि एमाले २ नम्वर प्रदेशमा पहिलो दल नहुने निश्चित छ । त्यसैले पहिलो नहुने क्षेत्रमा अर्थात हार्ने ईलाकामा उनी कमाण्डर बिनाका लडाकुका रुपमा माधव नेपालको क्षेत्रमा नेता नेपाललाई नै भीडाएर आफु पर बस्न चाहिरहेका छन । २ नम्वर प्रदेशमा पार्टी पहिलो बने आफ्नो नेतृत्वको सफलता, पार्टी कमजोर बने, माधव नेपालको क्षेत्रमा उनकै असफलताको अर्थ लगाउन उनले माधव नेपाललाई अघि सारेर आफू जोगिने दाऊ खेलेर पनि मधेश झरेनन् ।

१०.कुनै समयमा भारतीय खुफिया एजेन्सी रअका दाहिने हात भनेर प्रचार गरिने ओलीलाई कुनै दक्षिणी ईशारा पनि नहोला भन्न सकिन्न जसले उनलाई मधेशमा चुनावी अभियानको नेतृत्व गर्न रोकेको होस । किन भने मधेश मामलामा ओली नजादा दक्षिणलाई फाईदा हुने हदसम्म त्यो स्तरको सहायता गर्न पछि नहट्ने राष्टवादी हुन ओली भन्ने स्पष्ट नै छ ।

जे होस, ओली झरे पनि नझरे पनि चुनावी गर्मीले रनक्क बनेको २ नम्वर प्रदेशका जनता भने २० वषएपछि पहिलोपटक स्थानीय सरकार गठनको आखिरी तयारीमा जुटिसकेका छन । यो चुनावमा दल र नेता जो जो जिते पनि हारे पनि जनताको जीत, व्यवस्थाको जीत र संविधान कार्यान्वयनको जीत हुदैछ । त्यसैले ओली बिनाको मधेशको चुनावी मिसन यसै अर्थमा सही छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै