• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा : इङलिश क्लब म्यान्चेस्टर सिटी र टोटनह्यामको विजयी, लिभरपुल बराबरीमा रोकियो 

kharibot

काठमाडौँ ।  इङलिश क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले डच क्लब फाइनोर्डलाई ४–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको हो । 

सिटीको जितमा जोन स्टोनले दुई तथा सर्जियो अग्युरो र गाब्रिएल जिससले एक एक गोल गरे । स्टोनले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको १०औं मिनेटमा अग्युरोले दोस्रो गोल गरे भने खेलको २५औं मिनेटमा जिससले गोल गरेपछि पहिलो हाफमा सिटीले ३–० को अग्रता लिएको थियो । खेलको ६३औं मिनेटमा स्टोनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–० को जित हासिल गर्न सफल भएको थियो । 

गएराती नै समुह एच अन्तर्गत भएको खेलमा इङलिश क्लब टोटनह्यामले जर्मनीको क्लब डोर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने हेंग मिन सनले एक गोल गरेका थिए । त्यस्तै डोर्टमण्डका लागि एक गोल यार्मोलेन्कोले गरेका थिए । खेलको अन्तिम तिर टोटनह्यामका भेर्टोनगेनले दोहोरो पहेलो कार्ड पाए पछि मैदान छोड्दा टोटनह्याम १० खेलाडीमा सिमित भएको थियो ।  

त्यस्तै गएराति नै समूह ‘इ’ अन्तर्गतको खेलमा अर्को इङलिश क्लब लिभरपुल र स्पेनिस क्लब सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको छ । खेलमा लिभरपुलका लागि रोबर्टो फिरमिनो र मोहम्मद सालहले गोल गरेका थिए भने सेभिल्लाका लागि विसाम वेन यद्धर र योआकिन कारेयाले गोल गरे । 

खेलको इन्जुरी समयमा जो गोमेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै