काठमाडौँ । च्याम्पियन्स लिगको समुह चरणका पहिलो खेल अन्तर्गत रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ ।
गएराती अपोलविरुद्धको खेलमा रियलले ३-० को जित निकालेर च्याम्पियन्स लिगमा आफ्नो विजयी सुरुवात गरेको हो ।
गतवर्षको उपाधि विजेया रियलका लागि गोल मेशिन क्रिस्टियानो रोनाल्डो खेलमा फर्किदै दुई गोल गरेका थिए । रेफ्रीलाई धक्काएको आरोपमा ५ खेलको प्रतिबन्धमा परेका रोनाल्डोले पुनरागमन गरेको पहिलो खेलमा नै दुई गोल गरेका हुन् ।
उनले खेलको १२औ मिनेटमा ग्यारेथ वेलको पासमा पहिलो गोल गरे भने खेलको ५१औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । त्यस्तै रियलका लागि खेलको ६१औ मिनेटमा सर्जियो रामोसले तेस्रो गोल गरेका थिए ।