• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात, प्रतिबन्धपछि आएका रोनाल्डोले गरे दुई गोल 

kharibot

काठमाडौँ ।  च्याम्पियन्स लिगको समुह चरणका पहिलो खेल अन्तर्गत रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ । 

गएराती अपोलविरुद्धको खेलमा रियलले ३-० को जित निकालेर च्याम्पियन्स लिगमा आफ्नो विजयी सुरुवात गरेको हो । 

गतवर्षको उपाधि विजेया रियलका लागि गोल मेशिन क्रिस्टियानो रोनाल्डो खेलमा फर्किदै दुई गोल गरेका थिए । रेफ्रीलाई धक्काएको आरोपमा ५ खेलको प्रतिबन्धमा परेका रोनाल्डोले पुनरागमन गरेको पहिलो खेलमा नै दुई गोल गरेका हुन् । 

उनले खेलको १२औ मिनेटमा ग्यारेथ वेलको पासमा पहिलो गोल गरे भने खेलको ५१औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । त्यस्तै रियलका लागि खेलको ६१औ मिनेटमा सर्जियो रामोसले तेस्रो गोल गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै