च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात, प्रतिबन्धपछि आएका रोनाल्डोले गरे दुई गोल 

खरीबोट

काठमाडौँ ।  च्याम्पियन्स लिगको समुह चरणका पहिलो खेल अन्तर्गत रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ । 

गएराती अपोलविरुद्धको खेलमा रियलले ३-० को जित निकालेर च्याम्पियन्स लिगमा आफ्नो विजयी सुरुवात गरेको हो । 

गतवर्षको उपाधि विजेया रियलका लागि गोल मेशिन क्रिस्टियानो रोनाल्डो खेलमा फर्किदै दुई गोल गरेका थिए । रेफ्रीलाई धक्काएको आरोपमा ५ खेलको प्रतिबन्धमा परेका रोनाल्डोले पुनरागमन गरेको पहिलो खेलमा नै दुई गोल गरेका हुन् । 

उनले खेलको १२औ मिनेटमा ग्यारेथ वेलको पासमा पहिलो गोल गरे भने खेलको ५१औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । त्यस्तै रियलका लागि खेलको ६१औ मिनेटमा सर्जियो रामोसले तेस्रो गोल गरेका थिए । 

सम्बन्धित समाचार

लिभरपुल च्याम्पियन्स लिगमा छनौट, ईङलिश क्लब को को खेल्दै छन् ? 

काठमाडौँ । ईङलिश क्लब लिभरपुलले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । गएराती भएको खेलमा होफेनहेइमलाई ६-३ को समग्र नतिजा निकाल्दै लिभरपूल यस सिजनको च्याम्पियन्स लिगका लागि छनौट भएको हो ।

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कुन क्लब कोसँग परे ?

काठमाडौँ । युरोपको प्रतिष्ठित फुटबल क्लबहरुबीचको प्रतियोगिता च्याम्पियन्स लिगको लिग चरणको ड्र सार्वजनिक भएको छ । आगामी सेप्टेम्बर १२ देखि सुरु हुने प्रतियोगिताको लिग चरणको ड्र सार्वजनिक भएको हो । ईङलिश क्लब

च्याम्पियन्स लिगमा पिएसजीको विजयी सुरुवात, नेइमार, कभानी र एम्बाप्पेले गरे गोल 

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटल्याण्डको क्लब सेल्टिकलाई ५–० गोलले पराजित गरेको छ ।  पिएसजीको जितमा नेइमार, काभानी र एम्बाप्पेले गोल

च्याम्पियन्स लिग : बार्सिलोनाको जितमा मेसीको दुई गोल 

काठमाडौँ ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको छ ।  बार्सिलोनाले युभेन्टसलाई पराजित गर्दै गतबर्षको हारको बदला लिएको छ ।  बार्सिलोनाको