• २०८१ बैशाख ८ शनिबार

अमेरिकी सांसदले पोर्न भिडियो लाइक गरेपछि...

kharibot

सांसद टेड क्रुज

वाशिंगटन । अमेरिकाका रिपब्लिकन सांसदले सामाजिक सञ्जाल ट्वीटरमाए एक पोर्न भिडियो लाइक गरेपछि सामाजिक सञ्जालमा उनको कडा आलोचना भएको छ ।

रिपब्लिकन सांसद टेड क्रुजले आफ्नो एकाउन्टबाट एक पोर्नोग्राफिक भिडियो लाइक गरेपछि विवाद बढेको हो ।

टेक्सास राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद क्रुजको यस घटना पछि आलोचनाका साथै मजाक पनि बनेको छ । 

केहि समय अघि सांसद क्रुजले हस्तमैथुन प्रतिबन्ध लगाउने विषयको समर्थन गरेका थिए । विवाद बढेपछि आफ्नो ट्वीट बाट सो भिडियो भने हटाइएको छ । 

क्रुज अमेरिकामा रुढिवादी विचारकका रुपमा चिनिन्छन ।त्यसैले पनि उनको आलोचना बढी भएको छ । उनि सन् २०१६ मा राष्ट्रपति पदका उम्मेदवार पनि थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै