अमेरिकी सांसदले पोर्न भिडियो लाइक गरेपछि...

खरीबोट

सांसद टेड क्रुज

वाशिंगटन । अमेरिकाका रिपब्लिकन सांसदले सामाजिक सञ्जाल ट्वीटरमाए एक पोर्न भिडियो लाइक गरेपछि सामाजिक सञ्जालमा उनको कडा आलोचना भएको छ ।

रिपब्लिकन सांसद टेड क्रुजले आफ्नो एकाउन्टबाट एक पोर्नोग्राफिक भिडियो लाइक गरेपछि विवाद बढेको हो ।

टेक्सास राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद क्रुजको यस घटना पछि आलोचनाका साथै मजाक पनि बनेको छ । 

केहि समय अघि सांसद क्रुजले हस्तमैथुन प्रतिबन्ध लगाउने विषयको समर्थन गरेका थिए । विवाद बढेपछि आफ्नो ट्वीट बाट सो भिडियो भने हटाइएको छ । 

क्रुज अमेरिकामा रुढिवादी विचारकका रुपमा चिनिन्छन ।त्यसैले पनि उनको आलोचना बढी भएको छ । उनि सन् २०१६ मा राष्ट्रपति पदका उम्मेदवार पनि थिए ।  

सम्बन्धित समाचार

अमेरिकी सांसदले पोर्न भिडियो लाइक गरेपछि...

वाशिंगटन । अमेरिकाका रिपब्लिकन सांसदले सामाजिक सञ्जाल ट्वीटरमाए एक पोर्न भिडियो लाइक गरेपछि सामाजिक सञ्जालमा उनको कडा आलोचना भएको छ । रिपब्लिकन सांसद टेड क्रुजले आफ्नो एकाउन्टबाट एक पोर्नोग्राफिक भिडियो लाइक

कानुनको पढाई छोडेर पोर्नमा लागेकी इला 

लन्डन । इला हज ब्रिटेनकी एक पोर्न स्टार हुन् । इलाले हालै बिबिसीसँग कुरा गर्दै आफ्नो जीवनको बारेमा बताएकी छन् । पोर्न स्टार बन्न कानुनको पढाई छोडेकी इलाले बिबिसीसँग गरेको