• २०८१ बैशाख ७ शुक्रबार

सन् २०२४ र २०२८ को ओलम्पिक खेलको आयोजना यी शहरमा हुने 

kharibot

काठमाडौँ । सन् २०२४ र २०२८ को ओलम्पिक खेलको आयोजना गर्ने शहरको घोषणा भएको छ ।

सन् २०२४ को ओलम्पिक खेलको आयोजना फ्रान्सको पेरिस शहरले गर्ने भएको छ भने २०२८ को ओलम्पिक खेलको योजना अमेरिकाको लास एन्जल्सले पाएको छ ।

दुवै शहरले सन् २०२४ को ओलम्पिक खेल आयोजना गर्नका लागि इच्छुक थिए । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले फाइनान्सियल ग्यारेन्टी गरेपछि लस एन्जल्सले ४ बर्षपछि ओलम्पिक आयोजना गर्न तयार भएको हो । 

पेरिसले भने ओलम्पिक तयारीका लागि उपलब्ध ठाउ पुनर्विकस आयोजनाले गर्दा सन् २०२४ पछि उपलब्ध नहुने हुनाले आफुले सन् २०२४ मै ओलम्पिक आयोजना गर्न पाउनु पर्ने तर्क राखेको थियो ।  पेरिस यस अघि सन् २००८ र २०१२ को ओलम्पिक आयोजनाको दौडमा थियो । पेरिसमा सय बर्ष अघि ओलम्पिक खेल भएको थियो ।  

लस एन्जल्समा सन् १९३२ र १९८४ मा गरी दुई पटक ओलम्पिक खेलको आयोजना भैसकेको छ । रोम, हैम्बर्ग र बुडापेस्टले आफ्नो नाम फिर्ता लिएपछि सन् २०२४ का लागि दुई उम्मेदवार पेरिस र लस एन्जल्स बाँकी थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै