• २०८१ बैशाख ८ शनिबार

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

kharibot

मुगु । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ । 

माओवादी जिल्ला कमिटी मुगुको गत २५ गतेदेखि जिल्ला सदरमुकाम गमगढीमा बसेको बैठकले प्रदेश तथा संघका उम्मेदवारको टुंगो लगाएको हो । 

तीन दिनसम्मको छलफलमा पार्टीमा गरेको योगदान, जनप्रियता र चुनाव जित्न सक्ने हैसियतको यकिन गरी उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार प्रत्यक्षतर्फ संघमा मंगलबहादुर शाही, प्रदेशमा क्षेत्र नं १ मा केबलबहादुर मल्ल, क्षेत्र नं २ मा राजु कार्की, समानुपातिकतर्फ संघमा अजबहादुर शाही, प्रदेशमा लालचन्द्र विक र बाँचु धामीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाइएको छ । 

जिल्लामा मुख्य प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीमध्ये माओवादीले सबैभन्दा पहिला आफ्ना उम्मेदवारको टुंगो लगाएको छ भने एमालेले छलफल चलाइरहेको छ । 

एमाले स्रोतका अनुसार तीन-चार दिनभित्र उम्मेदवारको टुंगो लागिसक्नेछ । 

कांग्रेसले भने उम्मेदवार छनोटको सुरसार गरेको छैन । कांग्रेस मुगुका सभापति खड्कबहादुर शाही अन्य पार्टीबाट उम्मेदवार तय भएपछि आफूहरूले उम्मेदवार टुंगो लगाउने बताउछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै