• २०८१ बैशाख ८ शनिबार

विमलेन्द्र निधिसँग निर्वाचन आयोगले माग्यो २४ घन्टे स्पष्टीकरण 

kharibot

काठमाडौं । दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावको प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लघंन गर्ने विभिन्न दलका नेतालाई निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ । 

धनुषामा चुनावी कार्यक्रममा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई नेपाली कांग्रेसको चुनाव चिन्ह अंकित गम्छा लगाएर सहभागी भएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

यस्तै, सिरहाको धनगढी नगरपालिकाको जिरोमाइल र धनुषाको मिथिला नगरपालिका लालगढमा भएको चुनावी सभामा बालबालिका प्रयोग भएको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले सिरहाका कांग्रेस जिल्ला सभापति र धनुषाका कांग्रेस जिल्ला सभापति र माओवादी केन्द्रका जिल्ला इन्चार्जलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ  । 

यसैबीच, निर्वाचन आयोगले प्रमुख ७ दललाई निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न गराउन आग्रहसमेत गरेको छ । 

आयोगले बुधबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्न-गराउन आग्रह गरेको हो । 

आयोगले चुनाव प्रचारप्रसारको क्रममा तोकिएको संख्याभन्दा बढी गाडी प्रयोग भएको, गाडी, मोटरसाइकल, रिक्सा र साइकलको र्‍यालीसहितको जुलस प्रदर्शन गरिएको, चुनाव चिह्न अङ्कित टोपी, टिसर्ट, झोला, गम्छा, स्टिकर आदिको प्रयोग भएको साथै भित्ते लेखन भएको, बालबालिकाको प्रयोग भएको, सार्वजनिक ठाउँमा पोस्टर टाँस्ने र झण्डा लगाइएको भन्दै यस्ता काममा रोक लगाउन आग्रह गरेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै