पहिरोले कटुञ्जेको बयालिस घरधुरी जोखिममा, घर बनाउन सुरक्षित ठाउँ भएन

खरीबोट

नुवाकोट । निरन्तरको पहिरोले सूर्यगढी गाउँपालिका–२ बागेश्वरी कटुञ्जेका ४२ घरपरिवार उच्च जोखिममा परेका छन् । 

बस्तीको तल र माथि दुवैतर्फबाट निरन्तर पहिरो बगिरहेकाले सुरक्षित स्थानमा बासस्थान मिलाउन आग्रह गरेका छन् । 

भूकम्पका कारण आवास क्षति बेहोरेर लाभग्राही सूचीमा सूचीकृतसमेत भएका उनीहरुले प्राविधिकले ‘बस्ती असुरक्षित’ भनेपछि नयाँ आवास निर्माण गर्न बञ्चित भएका छन् । 

पहिरोको जोखिमका कारण नयाँ घर बनाउन सुरक्षित स्थानको अभावले पीडितले घर बनाउनबाट बञ्चीत भएपछि सुरक्षित स्थानमा स्थानान्तरण र आवास निर्माणका लागि जग्गाको व्यवस्था मिलाउन पीडित परिवारले माग गरेका छन् । 

भूकम्पले घरमा क्षति पु¥याएर पीडित भएकालाई पहिरोले बस्ती नै बगाउन थालेपछि नयाँ घर बनाउन सुरक्षित स्थानमा घडेरीको व्यवस्थापन गरिदिन प्रभावितले पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटसमक्ष माग गरेका छन् । 

भूकम्पले आवास क्षति पु¥याएर अस्थायी बासस्थान बासोबास गर्दैै आएकाको सिङ्गो बस्ती पहिराको समेत जोखिममा परेकाले ज्यान जोगाउन मुश्किल भएको पीडित रुद्रबहादुर अधिकारीले बताउनुभयो । “गाउँ नै बगाउन थालेपछि छाप्रो (अस्थायी बासस्थान) समेत छाड्न र खेती लगाउन पाएका छैनौँ”– अधिकारीले भने, “आवास निर्माण गर्न सरकारबाट अनुदान रकम लिए पनि सुरक्षित स्थान नहुँदा घर बनाउन पाएनौँ ।” 

सूर्यगढी–४ का वडाध्यक्ष वासुदेव अधिकारीका अनुसार विसं २०६६ देखि पहिरो बग्न थालेको कटुञ्जेमा भूकम्पपछि थप हुँदै गएको हो । भूकम्पपछि पहिराले क्षति पुर्याएको जमिनको परीक्षण गरेका भू–गर्भविद्ले गाउँ असुरक्षित भनेपछि दीर्घकालीन सुरक्षित स्थानको व्यवस्था गर्न पीडितले पुनःनिर्माण प्राधिकरण, गाउँ र जिल्ला दैवी प्रकोप उद्धार समितिसमक्ष समेत निवेदन दिएका छन् । 

सरकारले जोखिम बस्तीका बासिन्दा, सुकुम्बासी, भूमिहिनका लागि सुरक्षित स्थानमा घडेरी खरिद गर्न बढीमा रु दुई लाखसम्म दिने अथवा १० परिवार मिलेर संयुक्तरुपमा निवेदन दिएमा एकीकृत बस्तीको निर्माणमा सहयोग पु¥याउने कार्यविधि भए पनि कार्यान्वयन नहुँदा पहिरोको जोखिमका बासिन्दाको पुनःस्थापना कठिनाइ भएको छ । 

सम्बन्धित समाचार

बुटवल पाल्पा सडक पहिरोको चपेटामा, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्ड पहिरोको चपेटामा परेको छ  । वुटवल पाल्पा सडकखण्डको सिद्धवावामा पहिरो गइरहेकाले सकभर बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । लगातारजसो खसिरहेको र जुनसुकै

सुख्खा पहिरोका कारण तम्घास–रिडी सडकखण्ड अवरुद्ध

गुल्मी ।  सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ ।  रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको

पहिरोले जाजरकोटमा २५ रोपनीमा लगाएको धान बाली नष्ट

जाजरकोट, गएराति गएको पहिरोले जिल्लाको कुशेगाउँपालिका वडा नं ४ मा २५ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ । पाक्नै लागेको धान बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । स्थानीय

सिद्धबाबामा खसेको धुले पहिरोले ट्रक र कार पुर्यो, ३ जनाको घटनास्थमै मृत्यु 

बुटवल, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ