पहिरोले कटुञ्जेको बयालिस घरधुरी जोखिममा, घर बनाउन सुरक्षित ठाउँ भएन

खरीबोट

नुवाकोट । निरन्तरको पहिरोले सूर्यगढी गाउँपालिका–२ बागेश्वरी कटुञ्जेका ४२ घरपरिवार उच्च जोखिममा परेका छन् । 

बस्तीको तल र माथि दुवैतर्फबाट निरन्तर पहिरो बगिरहेकाले सुरक्षित स्थानमा बासस्थान मिलाउन आग्रह गरेका छन् । 

भूकम्पका कारण आवास क्षति बेहोरेर लाभग्राही सूचीमा सूचीकृतसमेत भएका उनीहरुले प्राविधिकले ‘बस्ती असुरक्षित’ भनेपछि नयाँ आवास निर्माण गर्न बञ्चित भएका छन् । 

पहिरोको जोखिमका कारण नयाँ घर बनाउन सुरक्षित स्थानको अभावले पीडितले घर बनाउनबाट बञ्चीत भएपछि सुरक्षित स्थानमा स्थानान्तरण र आवास निर्माणका लागि जग्गाको व्यवस्था मिलाउन पीडित परिवारले माग गरेका छन् । 

भूकम्पले घरमा क्षति पु¥याएर पीडित भएकालाई पहिरोले बस्ती नै बगाउन थालेपछि नयाँ घर बनाउन सुरक्षित स्थानमा घडेरीको व्यवस्थापन गरिदिन प्रभावितले पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटसमक्ष माग गरेका छन् । 

भूकम्पले आवास क्षति पु¥याएर अस्थायी बासस्थान बासोबास गर्दैै आएकाको सिङ्गो बस्ती पहिराको समेत जोखिममा परेकाले ज्यान जोगाउन मुश्किल भएको पीडित रुद्रबहादुर अधिकारीले बताउनुभयो । “गाउँ नै बगाउन थालेपछि छाप्रो (अस्थायी बासस्थान) समेत छाड्न र खेती लगाउन पाएका छैनौँ”– अधिकारीले भने, “आवास निर्माण गर्न सरकारबाट अनुदान रकम लिए पनि सुरक्षित स्थान नहुँदा घर बनाउन पाएनौँ ।” 

सूर्यगढी–४ का वडाध्यक्ष वासुदेव अधिकारीका अनुसार विसं २०६६ देखि पहिरो बग्न थालेको कटुञ्जेमा भूकम्पपछि थप हुँदै गएको हो । भूकम्पपछि पहिराले क्षति पुर्याएको जमिनको परीक्षण गरेका भू–गर्भविद्ले गाउँ असुरक्षित भनेपछि दीर्घकालीन सुरक्षित स्थानको व्यवस्था गर्न पीडितले पुनःनिर्माण प्राधिकरण, गाउँ र जिल्ला दैवी प्रकोप उद्धार समितिसमक्ष समेत निवेदन दिएका छन् । 

सरकारले जोखिम बस्तीका बासिन्दा, सुकुम्बासी, भूमिहिनका लागि सुरक्षित स्थानमा घडेरी खरिद गर्न बढीमा रु दुई लाखसम्म दिने अथवा १० परिवार मिलेर संयुक्तरुपमा निवेदन दिएमा एकीकृत बस्तीको निर्माणमा सहयोग पु¥याउने कार्यविधि भए पनि कार्यान्वयन नहुँदा पहिरोको जोखिमका बासिन्दाको पुनःस्थापना कठिनाइ भएको छ । 

सम्बन्धित समाचार

पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

रुपन्देही, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत पाल्पाको दोभानमाका दिउसो ४ः०० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  बुटवलबाट सात किलोमिटर दूरीमा रहेको दोभान क्षेत्रमा अहिले सवारी साधन पहिरोले रोकिएका छन् पश्चिम

नारायण मुग्लिन सडकखण्डमा ठुलो पहिरो, बस र जीप बगायो 

चितवन, नारायण मुग्लिन सडक खण्डको ३ किलोमा पहिरोले बस र जिप बगाएको छ । मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुबाहक वस र बा १५ च

पहिरोले अवरुद्ध बुटवल-पाल्पा सडकखण्ड खुल्यो 

रुपन्देही, सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका ३ दोभानमा बुधबार दिउँसो पहिरो खस्दा अवरुद्ध भएको सडक बिहीबार बिहानैबाट सञ्चालनमा आएको छ । राजमार्गमा खसेको पहिरो फालेपछि एकतर्फी सवारी साधन

नारायणघाट—मुग्लिन सडकखण्डमा पहिरोका कारण सडक अझै अवरुद्ध

चितवन, नारायणघाट—मुग्लिन सडकखण्डमा बुधबार बेलुकी पहिरोले २ वटा सवारी साधन पुरिएपछि अबरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन ।  बुधबारदेखि निरन्तर बर्षा भएको कारण मुग्लिन देखि ५ किलो मिटर नारायणगढ तर्फको