राष्ट्रपतिसँग बालबालिका

खरीबोट

तस्बिर : रासस

काठमाडौँ । राष्ट्रिय बाल दिवस २०७४ का अवसरमा राष्ट्रपति कार्यालयले आज ‘राष्ट्रपतिसँग बालबालिका’ कार्यक्रम आयोजना गर्यो । 

उक्त कार्यक्रममा परोपकार माध्यमिक विद्यालय, शारदा मावि र समता स्कूललगायतका विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति कार्यालयको प्राङ्गणमा बालबालिकालाई खेल्ने व्यवस्थासमेत गरिएको थियो । 

सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक बालबालिकामा भोलिको देश देखिने हुँदा ती बालबालिकालाई आज असल शिक्षा दिन आवश्यक भएको बताउनु भयो । 

राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढाउँदै लैजानुपर्ने र प्रतिफल पनि त्यहीअनुसार आउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनेकतामा एकता कायम गर्दै बालबालिकालाई अगाडि बढाउने एउटा कडीका रूपमा बाल दिवस मनाउँदै आएको पनि बताउनुभयो । 

बिहीबार ‘बालमैत्री शासन ः बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइँदै छ । 

सम्बन्धित समाचार

राष्ट्रिय क्रिकेट टिमको सम्मानमा राष्ट्रपतिको दिवाभोज

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन् ।  राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा मंगलबार शीतल निवासमा आयोजना गरेको समारोहमा

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच वार्ता

वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ । उनीहरुबीच व्यापार साझेदारी, सुरक्षा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्दा तथा मध्यपूर्वका विषयमा

भेनेजुयाली राष्ट्रपतिमाथि कार्यक्रमस्थलमै ड्रोन आक्रमण, ७ जना घाइते 

काराकास । भेनेजुयाली राष्ट्रपति निकोलास माधुरोमाथि कार्यक्रमस्थलमै ड्रोन आक्रमण भएको छ । शनिबार भएको आक्रमणमा उनी मुस्किलले बाँच्न सफल भएको एजेन्सीहरुले जनाएका छन् । उनी बोलिरहँदा टिभीमा लाइभ दिइरहिएको थियो ।

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी, विपक्षी दलहरुद्वारा परिणाम अश्विकार 

हरारे। जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन् । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत