राष्ट्रपतिसँग बालबालिका

खरीबोट

तस्बिर : रासस

ad

काठमाडौँ । राष्ट्रिय बाल दिवस २०७४ का अवसरमा राष्ट्रपति कार्यालयले आज ‘राष्ट्रपतिसँग बालबालिका’ कार्यक्रम आयोजना गर्यो । 

उक्त कार्यक्रममा परोपकार माध्यमिक विद्यालय, शारदा मावि र समता स्कूललगायतका विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति कार्यालयको प्राङ्गणमा बालबालिकालाई खेल्ने व्यवस्थासमेत गरिएको थियो । 

सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक बालबालिकामा भोलिको देश देखिने हुँदा ती बालबालिकालाई आज असल शिक्षा दिन आवश्यक भएको बताउनु भयो । 

राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढाउँदै लैजानुपर्ने र प्रतिफल पनि त्यहीअनुसार आउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनेकतामा एकता कायम गर्दै बालबालिकालाई अगाडि बढाउने एउटा कडीका रूपमा बाल दिवस मनाउँदै आएको पनि बताउनुभयो । 

बिहीबार ‘बालमैत्री शासन ः बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइँदै छ । 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारीद्वारा जंगी अड्डाको अवलोकन भ्रमण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको जंगी अड्डाको अवलोकन गरेकी छन् । विहिबार अपराह्न नेपाली सेनाको जंगी अड्डा अवलोकन गर्दै समसामयिक विषय तथा नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएकी

उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

बेइजिङ / छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गरेका

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता 

बेइजिङ । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको

प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्दै

बेइजिङ, चीन । चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्दै छन् ।  चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सी सँग भेटवार्ता गर्ने