• २०८१ बैशाख ११ मंगलबार

एनएमबि बैंक र आभार फाउन्डेसन बीच माईक्रो फाइनान्स् सेवा सम्झौता

kharibot

काठमाडौँ । एनएमबि बैंकले आभार फाउन्डेसन सँग बिपन्नवर्गका ग्राहकहरुलाई लक्षित गरेर माईक्रो फाइनान्स् सेवा सम्बन्धी सम्झौता गरेको छ । 

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र आभार फउन्डेसनका जनरल सेक्रेटरी सुरेन्द्र  सिलवालद्वारा हस्ताक्षर गरिएको छ । 

यस सम्झौताबाट एनएमबि बैंक आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तिय संस्था मार्फत आभार फाउन्डेसनका कार्यक्षेत्रमा पर्ने जिल्लाहरु ताप्लेजुङ्ग, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उघोगमा बिभिन्न खाले कर्जाहरु उपलब्ध गराउनेछ ।

बिपन्न वर्गहरुलाई नै लक्षित गरेर ल्याइएको यस कर्जाको मुख्य बिशेषता भनेकै बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता हुने रहेको छ । 

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने — “यस सम्झौताले बिपन्न वर्गहरुको वित्तीय आवश्यकता सम्वोधन हुनेमा आफू विश्वस्त रहेको जानकारी दिनुभयो । बैंकले आगामी दिनमा समेत यस प्रकारका सेवा प्रदान गरिरहने प्रतिबद्वता ब्यक्त गर्नुभयो” । 

एनएमबि बैंकले नाफालाई मात्र केन्द्र  नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै