• २०८१ बैशाख ७ शुक्रबार

सर्वोच्च अदालतमा तीन न्यायाधिश सिफारिस

kharibot

काठमाडौं ।  न्यायपरिषद्को बुधबारको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

नियुक्तिमा कानुन व्यवसायीबाट एक जना पनि न्यायाधीश परेका छैनन । सर्वोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो भने अझै एक जना नियुक्ति हुन् बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै