सर्वोच्च अदालतमा तीन न्यायाधिश सिफारिस

खरीबोट

काठमाडौं ।  न्यायपरिषद्को बुधबारको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

नियुक्तिमा कानुन व्यवसायीबाट एक जना पनि न्यायाधीश परेका छैनन । सर्वोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो भने अझै एक जना नियुक्ति हुन् बाँकी छ ।

सम्बन्धित समाचार

सर्वोच्च अदालतबाट आज दुई महत्वपूर्ण मुद्धामा फैसला आउने सम्भावना

काठमाडौँ, सर्वोच्च अदालतबाट आज दुई महत्वपूर्ण मुद्धामा फैसला आउने सम्भावना रहेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको मुद्धा र भरतपुरको मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय

सर्वोच्च अदालत केही दिनमै स्मार्ट प्रणालीमा जाने

भक्तपुर, प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकलाई परिवर्तनको महसुस गराउने गरी न्यायालयमा सुधार गरिने बताएका छन् ।  नेपाल बार एसोसियसन भक्तपुरले शुक्रबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले न्यायालयमा नियम, पद्धति र प्रणालीबाट व्यापक

सर्वोच्च अदालतको मोबाइल एप्स बन्यो, प्रधानन्यायधिश पराजुलीद्वारा शुभारम्भ

काठमाडौँ ।  सर्वोच्च अदालतले सेवाग्राहीलाई न्यायमा सहज पहुँच पु¥याउने उद्देश्यले आजदेखि ‘सर्वोच्च अदालत मोबाइल एप्स’ शुभारम्भ गरेको छ ।  अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले मोबाइल ‘एप्स’को प्रयोग गरेर शुभारम्भ गर्दै

‘तीन तलाक’ असंवैधानिक रहेको भारतीय सर्वोच्च अदालतको ऐतिहासिक फैसला

नयाँ दिल्ली  । तीन तलाकलाई भारतको सर्वोच्च अदालतले असंवैधानिक हुने फैसला गरेको छ । सर्वोच्चको पाँच सदस्य रहेको बेञ्चमा तीन न्यायाधीशले तीन तलाकलाई असंवैधानिक रहेको ठहर गरेका हुन् । यो मामिलामा