आईएमईका सेवाग्राही पर्ब बहादुरले पाए छ लाखको जीवनबीमा

खरीबोट

काठमाडौं । आईएमईका एक जना सेवाग्राहीले छ लाख रुपैयाँबराबरको जीवन बीमा योजना पाएका छन् । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफरअन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका हुुन् ।

सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा मलेसियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनोट भएका हुुन । भाग्यशाली विजेता राई वा निजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख रुपैयाँबराबरको जीवन  बीमा प्राप्त गर्नेछन् ।

यही भदौ १२ गतेदेखि सञ्चालनमा ल्याइएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्रमा नौ सय जना आईएमई पे क्यासमार्फत पुरस्कृत भइसकेको कम्पनीले जनाएको छ ।

मङ्सिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने यस सेवाग्राहीमुखी कार्यकममा पैसा पठाउने सेवाग्राहीबाट ट्रान्जेक्श ननम्बर र नामका आधारमा सफ्टवेयर पद्धतिमा आधारित रही विजेता छनौट गरेको कम्पनीले जानकारी दिएको छ ।

स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी एक सय ५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका छ हजार चार सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

 

सम्बन्धित समाचार

ग्लोबल आईएमई बैंकको थप दुई नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौं जिल्लाको जोरपाटीमा थप २ नयाँ शाखा विस्तार गरेको छ

आईएमई अटोमोटिभ्सद्वारा चाडपर्व स्किमको विजेता घोषित 

काठमाडौं । आइएमई अटोमोटिभ्सले युएमको दशैं तिहार फेस्टिभ स्किमको एक भाग्यशाली विजेता घोषणा गरेको छ । आइएमई ग्रुपअन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइएमई अटोमोटिभ्स् प्रा.लिद्वारा युएममोटर साइकलको दशैँ तिहार

तेह्रथुमको लसुनेमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा सुरु 

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि तेह्रथुमको लसुनेमा आफ्नो ५६औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका

ग्लोबल आईएमई बैंक र एक्सिस बैंकबीच रेमिट्यान्स कारोबार सुरु

काठमाडौँ । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंकबीच व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  हालै सम्पन्न सम्झौता पत्रमा  हस्ताक्षर पछि भारतस्थित एक्सिस बैंकका ३ हजारभन्दा बढी