• २०८१ बैशाख १३ बिहीबार

आईएमईका सेवाग्राही पर्ब बहादुरले पाए छ लाखको जीवनबीमा

kharibot

काठमाडौं । आईएमईका एक जना सेवाग्राहीले छ लाख रुपैयाँबराबरको जीवन बीमा योजना पाएका छन् । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफरअन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका हुुन् ।

सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा मलेसियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनोट भएका हुुन । भाग्यशाली विजेता राई वा निजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख रुपैयाँबराबरको जीवन  बीमा प्राप्त गर्नेछन् ।

यही भदौ १२ गतेदेखि सञ्चालनमा ल्याइएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्रमा नौ सय जना आईएमई पे क्यासमार्फत पुरस्कृत भइसकेको कम्पनीले जनाएको छ ।

मङ्सिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने यस सेवाग्राहीमुखी कार्यकममा पैसा पठाउने सेवाग्राहीबाट ट्रान्जेक्श ननम्बर र नामका आधारमा सफ्टवेयर पद्धतिमा आधारित रही विजेता छनौट गरेको कम्पनीले जानकारी दिएको छ ।

स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी एक सय ५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका छ हजार चार सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै