• २०८१ बैशाख ७ शुक्रबार

विरामीको मृत्युपछि ओम अस्पतालमा तोडफोड

kharibot

काठमाडौ । ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । 

बुधबार दिउँसो बुटवलकी ४४ बर्षिय कमला भट्टराईको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै तोडफोड गरेका छन् । उनी चार दिनअघि शनिबार नाकको अप्रेशन गर्न अस्पताल भर्ना भएको बताइएको छ । 

मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । 

अस्पताल प्रशासनले भने मृतकको उपचारमा डाक्टरको लावरवाही अस्विकार गरेको छ । सुरुमा विरामीलाई अप्रेशन गरेपछि पोस्ट वार्डमा सारिएको र स्वास्थ्य सामान्य रहेको बताउदै अस्पतालका प्रशासन प्रमुख विजय प्याकुरेलले अचानक विरामीको ब्लड प्रेशर लो भएपछि आइसीयुमा सारिएको र मल्टी अर्गान फेलिएर भएर विरामीको निधन भएको जानकारी गराए । 

अप्रेशन वरिष्ठ डा. आरपी गुरागाईले गरेका थिए । यस प्रकारको अप्रेशनमा इन्फेक्सन हुन सक्ने भन्दै प्याकुरेलले मृतकका आफन्तलाई डाक्टरको लावरवाही जस्तो लागे छानबिन गरि कानुनी प्रक्रिया अघि बढाउन अस्पताल तयार रहेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै