• २०८१ बैशाख ७ शुक्रबार

गलत सूचना दिएपछि गत बुधबारको इन्भेष्टमेन्ट बैंकको सेयर करोबार रद्ध  

kharibot

फाइल तस्बिर

काठमाडौं । इन्भेष्टमेन्ट बैंकको गत बुधबार भएको सबै कारोबार नेपाल स्टक एक्सचेञ्चले रद्द गरेको छ । 

इन्भेष्टमेन्ट बैंकले गलत सूचना दिएको भन्दै नेपाल धितोपत्र बोर्डले त्यो दिनको कारोबार रद्द गर्न दिएको निर्देशन अनुसार बुधबारको सबै कारबार रद्द गरिएको नेपाल स्टक एक्सचेञ्जले आज बुधबार जनाएको छ ।

भदौ २१ गते बुधबार इन्भेष्टमेन्ट बैंकले सुरुमा २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत लाभांस दिने सूचना नेप्सेमार्फत सार्वजनिक गरेको थियो । तर पछि त्यसलाई सच्याउँदै १५ प्रतिशत बोनस शेयर  २५ प्रतिशत नगद लाभांस दिने स्पष्ट पारेको थियो ।

२५ प्रतिशत बोनश शेयरको पहिलो सूचना आए लगत्तै इन्भेष्टमेन्ट बैंकको शेयर प्रतिकित्ता ४८ रुपैयाँसम्म बढेर ८ सय ५ रुपैयाँसम्ममा लगानीकर्ताले किनेका थिए । पछि १५ प्रतिशत मात्र बोनसको दोश्रो सूचना आएपछि भाउ ओरालो लागेर ७ सय ४२ रुपैयाँसम्म झरेको थियो । पछि ७ सय ६२ रुपैयाँमा कारोवार बन्द भएको थियो ।

त्यो दिन इन्भेष्ट बैंकको ७ करोडभन्दा धेरैको शेयर किनबेच भएको थियो । कारोवार रद्द गरेपछि त्यो दिन शेयर किन्नेलाई केहि फाइदा पुगेको छ भने शेयर बेच्नेले नोक्सानीको अनुभूति गरेका छन् । इन्भेष्ट बैंकको शेयर आज प्रतिकित्ता ७ सय ४० रुपैयाँमा कारोबार बन्द भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै