• २०८१ बैशाख ६ बिहीबार

दक्षिण-पश्चिम चीनको यस्तो भीर जसले हरेक ३० वर्षमा ‘अण्डा’ पार्छ !

kharibot

हरेक ३० वर्षमा अण्डाकार चट्टान पार्ने दक्षिण-पश्चिम चीनमा रहेको भीर । तस्बिर : AsiaWire/metro.co.uk

चीन। भूगर्भशास्त्रीहरुले एउटा अनौठो भीरमा हुने घटनाको समाधान निकालेको दाबी गरेका छन् ।

दक्षिण—पश्चिम चीनको ग्विझाउ प्रान्तमा रहेको क्विन्नाम बुयेई र मियाओ स्वशासित क्षेत्रको गुनु भन्ने गाउँमा रहेको एउटा भीरबाट हरेक ३० वर्षमा अण्डाकारका चिल्ला ढुंगाहरु निस्किने गरेको घटनाको समाधान निकालेको दाबी गरेका हुन् ।

उक्त क्षेत्रमा रहेको चन डान या नामको भीर १९ फिट अग्लो र ६५ फिट लामो रहेको छ । सोही भीरबाट हरेक तीन दशकमा अण्डाकार ढुंगाहरु निस्किने गरेका छन् । यसले त्यस क्षेत्रवरपर बस्दै आएका मानिसहरुलाई रनभुल्ल पार्ने गरेको छ । उनीहरुले वर्षौँदेखि भीरबाट अण्डाकार ढुंगाहरु निस्केर खस्ने गरेको अवलोकन गर्दै आएका छन् ।

यसलाई कुनै कुखुराले निश्चित समयसम्म ओथारो बसेर चल्ला कोरलेको घटनाजस्तै लिने गरिएको छ । किनभने उक्त समयावधिमा भीरमा निस्किएर अण्डाकार ढुंगाहरु भुइँमा खस्ने गरेका छन् । स्थानीयहरुले भने यसलाई आफ्नो भाग्यसँग जोडेर धार्मिक विश्वास गर्ने गरेका छन् ।

अहिलेसम्म त्यस भीरबाट निस्किएकामध्ये ७० वटाजति ढुंगाहरु सुरक्षित राखिएका छन् भने कतिपय ढुंगाहरु बिक्री गरिएको र कतिपयको चोरी भएको बताइएको छ ।

यता भूगर्भविद्हरुले सोही क्षेत्रमा घटनाको कारण पहिल्याउन विभिन्न परीक्षणहरु गरेका छन् । उनीहरुका अनुसार ती ढुंगाहरु क्याम्ब्रियन पेरियड (समयावधि)मा बनेका थिए ।  यो समय भनेको करिब करिब पाँच सय मिलियन वर्षपहिलेको हो ।

माउन्ट गांग्डेंगको भाग पर्ने उक्त भीर पूरै काल्कारिअस चट्टानले बनेको पत्ता लागेको छ । त्यसो त यो चट्टान पृथ्वीका धेरै ठाउँमा पनि रहेको विश्वास गरिएको छ ।

विज्ञहरुका अनुसार समयक्रममा उक्त चट्टान विभिन्न भागमा खिइएर उक्त आकारमा परिणत हुने गर्दछ । तर जे भए पनि किन अण्डाकारमै र कसरी चिल्ला हुन्छन् भन्ने वर्णन भने गरिएको छैन । लाखाँै वर्ष पुरानो भूभागले कसरी काल्कारिअस चट्टान निर्माण गर्छ भन्ने बारे विज्ञहरुले थप विवेचना गरिसकेका छैनन् ।

सन् २००९ मा स्थानीय पर्यटन ब्युरोका निर्देशकले चान डान या क्षेत्रमा पर्यटकलाई भ्रमण गराउन जनताहरुलाई भनेका थिए ।

  • मेट्रो डट सीओ डट युकेबाट अुनदित

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै