• २०८१ बैशाख १२ बुधबार

नेप्सेमा आजपनि गिरावट : ६३ करोड ६९ लाख रुपैयाँ सेयर खरिद बिक्री

kharibot

काठमाडौ । लगातारको गिरावट नरोकिएपछि नेप्से १४ सय बिन्दुमा झरेको छ ।

साताको चौथौ दिन आज बुधबार नेप्से नौ अंकले घटेर १४ सय ९३ दसमलव २० बिन्दुमा झरेको छ भने सेन्सिटिभ दुई दसमलव चार अंकले घटेर तीन सय १३ दसमलव ३२ बिन्दुमा झरेको छ ।

एक सय ६० कम्पनीहरुको छ हजार तीन सय ६३ वटा कारोवारमा १२ लाख ७७ हजार पाँच सय ५४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज सबैगरी कुल आठ वटा समुहको कारोवार भएकोमा चार वटा समुहले कमाएकाछन भने चार वटाले गुमाएकाछन ।

बाँणिज्य बैक समुहको सुचक ११ दसमलव २६ अंकले घटेर १२ सय ७९ दसमलव ७३ बिन्दुमा झरेकोमा २४ करोड पाँच लाख ५५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक २४ दसमलव पाँच अंकले घटेर १८ सय ९३ दसमलव ५२ बिन्दुमा झरेकोमा १४ करोड १४ लाख २८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज घटेको छ । बीमा समुहको सुचक भने आज आठ दसमलव ९१ अंकले बढेर आठ हजार दुई सय ६६ दसमलव ७५ बिन्दुमा कायम रहेकोमा १६ करोड नौ लाख ५१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स समुहको सुचक पनि नौ दसमलव ७१ अंकले बढेर सात सय ६३ दसमलव ४३ बिन्दुमा कायम रहेकोमा एक करोड २६ लाख ५१ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक होटल र जलबिद्युुत समुहको सुचक पनि आज बढेको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको एभरेष्ट बैकको संस्थापक सेयर तर्फको सेयर मुल्य पाँच रुपैयाँ ८५ पैसाले बढेर आठ सय १४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने लक्ष्मी लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य १० रुपैयाँले घटेर १७ सय ९१ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैकको सात सय ५० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ३१ लाख २६ हजार सात सय ९५ रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै